१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हामी चिल्लो पात बन्छौँ : मुख्यमन्त्री गुरुङ

फाइल तस्बिर

पोखरा - ‘१८ औँ शताब्दीमा रोमको चर्चा निकै हुन्थ्यो, रोम एकैदिनमा बनेको होइन, अहिलेको पोखरा पनि एकैदिनमा बनेको होइन, विकास गर्न समय लाग्छ, ५ वर्षभित्रमा हामीले पनि गण्डकी प्रदेशको विकासको छाँट र छनक देखाउनेछौँ’, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘हुने बिरुवाको चिल्लो पात भन्छन् नि, हो हामी हुने बिरुवाको चिल्लो पात हुन्छौँ, नकि गैँडाको जिब्रो जस्तो खस्रो।’

बिहिबारदेखि पोखरामा सुरु भएको पोखरा एक्सपो तथा तेस्राे मोबाईल मेलाको उद्घाटनमा बोल्दै मुख्यमन्त्री गुरुङले विकासको छाँट देखाउने बताए। समृद्ध प्रदेश बनाउन उनले चालु आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमहरु अगाडि बढिसकेको जनाए।

‘वैशाख मसान्तभित्र बढि नै भए जेठ १५ भित्र नै हामीले बजेट छुट्याएका योजनाहरु सक्छौँ, मैले सचिवहरुलाई पनि के निर्देशन दिएको छु भने, पुरानो तरिकाले असार १५ गतेसम्म काम गरेर हतारहतार हुँदैन, काम अहिल्यैदेखि थाल्नुपर्छ र जेठ १५ भित्रमा सक्नुपर्छ।’ उनले भने । सुशासनको प्रत्याभूतिको लागि हेल्लो सिएम, एक्सन रुमहरु सञ्चालन गरेको उनले बताए। स्थानीय तह, जिल्ला समन्वय समितिहरु सहित सबै ८५ वटा स्थानीय तहहरुले एकै लक्ष्य लिएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो। सातै प्रदेशको मध्यभाग तथा दुई छिमेकीसँग जोडिएका कारण पनि गण्डकी प्रदेशलाई समृद्ध बन्न सहज हुने उनले बताए।

प्रकाशित: १३ मंसिर २०७५ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App