१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधनको गृहकार्य भैरहेको छ: गृहमन्त्रि निधि

महोत्तरी- उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले मधेसको समस्या समाधानका लागि संविधान संशोधनको गृहकार्य तिव्ररुपमा भई रहेको बताएका छन्।

बर्दिबासमा सोमबार प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आयोजना गरेको ‘सुशासनको सन्दर्भमा सेवा प्रवाह र सुधार’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधानलाई सर्वस्वीकार्य बनाउनको लागि पहिलो चरणमा मधेसवादी दलहरुको माग सम्बोधन गर्न संविधान संशोधनको गृहकार्य थालिएको बताए।

‘संविधान कार्यान्वयन नै यो सरकारको पहिलो प्राथमिकताको काम हो। ’ गृहमन्त्रि निधिले भने ‘ संविधानलाई सर्वस्विकार्य वनाउन संविधान संशोधनको गृहकार्य तिव्ररुपमा भइरहेको छ।’

प्रदेश नं. २ मा तीनवटा जिल्लालाई मिलाउनुपर्ने आफ्नो भित्री ईच्छा पहिल्यैदेखिको रहेको बताउँदै उनले संविधान संशोधन मार्फत छिट्टै नै ती जिल्लाहरुलाई यसै प्रदेशमा गाभिने मन्त्रि निधिले बताए।  

‘प्रादेशिक सिमांकन, भाषा, नागरिकताबारे संविधानमा थप स्पष्ट पार्न अन्य दलहरुसंगको छलफल र संविधान संशोधनको गृहकार्य भइरहेको छ’ उनले भने ‘         संविधान संशोधन पश्चात संविधान कार्यान्वयनको दिशा अघि बढेपछि यो मुलुक आफै विकास तर्फ अग्रसर हुनेछ । ’

स्थानीय निकायको निक्र्यौल राजनीतिक सहमतीमै गरेर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको समेत उनले बताए ।

सुशासनको आधारभूत जग नै स्थानीय निकाय भएकाले सरकार समयमै निर्वाचन सम्पन्न गर्ने काममा अगाडी बढेको निधिले खुलस्त पारे।

प्रकाशित: १० आश्विन २०७३ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App