१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा आक्रमण, पाँच जनाको मृत्यु

तस्बिरः एजेन्सी

कराँची – पाकिस्तानको राजधानी कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा  बन्दुकधारीले आक्रमण गर्दा दुर्इ प्रहरीसहित पाँच जनाकाे मृत्यु भएकाे छ।

आक्रमणमा परी दुई पाकिस्तानी प्रहरीको मृत्यु भएको छ भने एक सुरक्षा गार्ड घाइते भएका छन्। स्थानीय समयअनुसार साढे नौं बजे विहान उक्त आक्रमण भएको थियो। प्रहरीका अनुसार चार जना बन्दुकधारी जबरजस्ती कन्सुलेट कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए। सुरक्षाकर्मीले रोक्न खोज्दा उनीहरु आक्रमणमा उत्रिएको जनाइको छ। प्रहरीको जवाफी कारबाहीमा तीन आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ।

बलोचिस्तान प्रान्तमा सकृय एक पृथकतावादी समूहले उक्त घटनाको जिम्मेवारी लिएको बिबिसीले जनाएको छ। बलोचिस्तान प्रान्तमा पछिल्लो समय चिनियाँ लगानीका ठूला आयोजना सञ्चालनमा  छन्।

 

प्रकाशित: ७ मंसिर २०७५ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App