१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘ब्रेक्जिटबारे अझै धेरै छलफल जरूरी’

फाइल तस्बिर

बर्लिन– बेलायतको यूरोपेली संघ (इयू)बाट बहिर्गमनपछि उनीहरूबीच भबिष्यमा हुने सम्बन्धका बिषयमा एउटा ‘महत्वाकांक्षी, बृहद् र लचिलो साभेदारी’ सम्बन्धी मसौदामा बिहीबार सहमति जुटेको छ। 

तर इयूका अधिकारीबाट यो जानकारी आएकै दिन जर्मन चान्सलर एन्जेला मर्केलले भने ब्रेक्जिटका बिषयमा अझै धेरै छलफल आवश्यक रहेको बताएकी छन। मर्केलले खासगरी बेलायतसँग आगामी सम्बन्धका बिषयमा थप छलफल आवश्यक रहेको सहमतिमा पुग्न सम्भावित सवै विकल्प खुला गरिने बताइन्। 
जर्मनीको व्यवसायिक मञ्चले आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘सहमतिमा पुग्नका लागि सहयोग गर्न मेरो तर्फबाट सबै उपायलाई प्रयोग गर्नेछु।’ 

अव्यवस्थित ब्रेक्जिटले अर्थतन्त्र र भविष्यमा एक अर्कालाई हेर्ने अवस्थालाई नराम्रो बनाउने खतरा उनले औल्याइन्। ‘हामीले ब्रेक्जिटका बिषयमा सँगसँगै रहेर लामो यात्रा गरेका छौँ अझैपनि बेलायतभित्रका धेरै बिषयमा छलफल गर्न जरूरी हुनसक्नेछ,’ उनले भनिन्।  

प्रकाशित: ६ मंसिर २०७५ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App