१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार सरकारी कार्यालय र दुई पसल तोडफोड गरेर चोरी

खोटाङ – नचिनिएका समुहले खोटाङको बिजयखर्कमा चार सरकारी कार्यालय र दुई पसल तोडफोड गरेर चोरी गरेको छ। बुधबार राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क वडाकार्यालय, हुलाक कार्यालय, स्वास्थ्यचौकी र चम्पावती माविको प्रशासनिक कक्षको ढोका तोडेर नगद तथा सामान चोरी गरिएको हो।

वडा कार्यालयको ढोका फोडेर भित्र पसेको समुहले दराज तोडेर सामाजिक सुरक्षाभत्ता सम्बन्धी कागजात च्यातेर फालेको, राजस्ववापत उठेको करिब ५ हजार रकम चोरी भएको, वडाको कागजात छरपस्ट बनाएर फालिदिएको, वाईफाईको राउटर चोरी भएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताए।

यस्तै, नजिकै रहेको चम्पावती माविको दराज फुटाएर एक थान ल्यापटप र लेखामा रहेको केही नगद चोरी भएको छ। हुलाकको पासबुक र स्वास्थ्यचौकीको भने बिपीसेट हुलाकको बाहिरपट्टी मिल्काइएको अवस्थामा फेला परेको वडाध्यक्ष ढकालले बताए। उनका अनसार हुलाकको १ हजार नगद र ३ सयको हुलाक टिकट पनि चोरी भएको छ। हुलाक र स्वास्थ्यचौकीको कागजात पनि छरपस्ट बनाएर मिल्काएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

यस्तै, व्यवसायी सागर खनालको पसल फोडेर नगद ६० हजार, रिचार्ज कार्ड र दम्पत्तीको नागरिकता चोरी भएको छ। अर्का व्यवसायी रमेश राईको पसल फुटाएरु ५ हजारको रिचार्ज कार्ड, नगद ३ हजार, चुरोट, रक्सी लगायत चोरी भएको ढकालले जनाए। एकैसाथ कार्यालय र पसल तोडफोड गरेर चोरी गर्नेको पहिचान हुन सकेको छैन। घट्नामा संलग्नको पहिचानका लागि अनुसन्धान भइरहेको डिएसपी केसीले बताए।

प्रकाशित: ६ मंसिर २०७५ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App