१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपामा टुगिंयो कार्यविभाजनको मापदण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने तयारीसँगै केन्द्रीय सदस्य तथा प्रदेश कमिटी गठन सिफारिसका लागि बनेको कार्यदलको बैठकले केन्द्रीय सदस्य र प्रदेश कमिटिको जिम्मेवारी टुंग्याएको छ । दुई दिनदेखि बसेको कार्यदल बैठकले आगामी बिहीबार बस्ने सचिवालय बैठकमा प्रस्ताव जानेगरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी तथा प्रदेश कमिटीमा रहने व्यक्तिको मापदण्ड टुंग्याएको हो । नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री रामबहादुर थापा रहेको सो कार्यदलको बैठक सोमबार र मंगलबार बसेको थियो ।

बैठक स्रोतका अनुसार तत्कालीन एमालेबाट प्रतिनीधित्व गर्ने सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र कन्द्रीय निकायका (लेखा आयोग, अनुशासन आयोग, निर्वाचन आयोग)का सदस्यहरूलाई स्वतः पदेन सदस्य दिइने छ । त्यस्तै प्रदेश कमिटिका पूर्व सदस्यहरू पनि वर्तमान नेकपामा समायोजन हुँदा प्रदेश कमिटीका सदस्य हुनेछन् । अञ्चल कमिटीका पूर्व सदस्यहरू, जिल्ला कमिटीका अध्यक्षहरू, सम्बन्धित प्रदेशका राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरू पनि प्रदेश कमिटीमा परेका छन् । त्यस्तै पोलिटब्यूरो गठन गर्दा तत्कालीन एमालेबाट ८२ जना र माओवादीबाट ६५ जना लिनेगरी संख्या टुंग्याएको पनि स्रोतले जनाएको छ । तत्कालीन माओवादीका तर्फबाट सचिवालयमा नपरेका स्थायी कमिटिमा नपरेका ९९ जना सचिवालय सदस्यलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै तत्कालीन माओवादीका तर्फबाट ४ हजार भन्दा बढी केन्द्रीय सदस्य रहेको १ हजारभन्दा बढी पोलिटब्यूरो र ९९ जनाको सचिवालय रहेकाले तत्कालीन पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यको योग्यता र जेष्ठता तथा बरिष्ठताको आधारमा प्रदेश कमिटिमा सिफारिस गर्ने मापदण्ड तय भएको स्रोतले जनाएको छ । प्रदेश कमिटीमा नअटाएका केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यलाई जिल्ला, नगर, तथा गाउँपालिकामा जिम्मेवारी दिने समेत मापदण्ड बनेको छ । प्रदेश कमिटीको मापदण्डमा संख्यामा पनि पार्टी एकीकरणको समयमा ५५/४५ को शक्ति सन्तुलनलाई ध्यान दिइएको पनि स्रोतले जनाएको छ । कार्यदलको बैठकका कारण गृहमन्त्री थापा मंगबलबार थोरै समय मात्रै मन्त्रालयमा आएका थिए । फ्रान्सेली राजदूतसँग भेटघाट गर्ने कार्यक्रम भएकाले उनी मन्त्रालय आए पनि भेटघाटपछि तुरुन्तै कार्यदलको बैठकमा सहभागी भएका थिए । कार्यदलको बैठक बुधबार पनि बस्नेछ ।

प्रकाशित: ५ मंसिर २०७५ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App