१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा

डोल्पा– डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलवार जाजरकोट–डोल्पा सडकको औपचारिक उद्घाटन गरेका छन्।

जाजरकोटको पासगाड त्रिपुराकोटसम्मको १ सय ३ दशमलब ४ किलोमिटर सडकको कच्ची ट्रयाक खुलाइएसँगै सडकको उद्घाटन भएको हो।

सडकको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले डोल्पा आर्थिक समृद्धितर्फ लम्कने बताए। सधै आर्थिक बिपन्नता र बिकटताको उपमा पाइरहेको कर्णाली भेरीकरिडोर नाम दिइएको जाजरकोट डोल्पा सडकले औचारिकता पाएसँगै बिकट र गरिवीबाट अबका दिनबाट छुटकरा पाउने उनकोको भनाई थियो।

सुपानी–दुनैखण्डको १४ दशमलब ३ किलोमिटर सडकखण्डको कच्ची ट्रयाक तत्कालिन जिल्ला विकास समितिद्वारा यसअघि नै खुलाएर बोलेरो जीप सञ्चालन भइरहेकाले उक्त खण्डको स्तरोन्नतीको जिम्मेवारी सेनालाई नै दिने बताउँदै सेना बीचैमा निर्माण कार्य छाडेर भाग्छ की भन्ने कुरामा भ्रममा नपर्न समेत मन्त्री पोखरेलले डोल्पालीलाई आग्रह गरे।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विकट र गरिबको परिचय बोकेर बसेको कर्णाली प्रदेशलाई सडकले सम्पन्नताको परिचय बदल्नमा सहयोग गर्ने बताए।

गरिबी र विकटताको परिचय मात्रै नबोकेर कर्णाली प्रदेशले आर्थिक समृद्धिको लागि प्रचुर सम्भाबना बोकेको समेत मन्त्री शाहीले बताए।

सेनाले सरकारले दिएको जिम्मेवारी इमान्दारी पूर्वक भनेकै समयमा पुरा गर्नुका साथै राज्यको विकासका लागि सदैब लागि परिरहेको बताउँदै थप जिम्मेवारी दिएको खण्डमा जिम्मेवारी पुरा गर्न आफूहरु प्रतिबद्ध रहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए।

१४ बर्षे कठिन सडक निर्माण यात्रामा अहोरात्र खटिएर जाजरकोट–डोल्पा सडक निर्माण कार्यमा सफल भएको भन्दै रक्षामन्त्री पोखरेलले कदर पत्र र दोसल्ला ओडाएर निर्माण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीलाई सम्मान गरेका थिए।

त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराकोटसम्म पहिलो चरणको कच्ची ट्रयाक खुलाउने काम सम्पन्न भएसँगै डोल्पा पूर्णरुपमा सडक सञ्जालमा जोडिएको छ।

खदाङदेखि छलगाडसम्म जीप, ट्रयाक्टर र मोटरसाइकल पु-याइएपछि स्थानीयले बाजागाजा सहित गाडी लगायत अतिथिलाई स्वागत गरेका थिए।

जाजरकोटको पासगाडदेखि निर्माण थालनी गरी सम्पन्न भएको उक्त सडकको कुल लम्बाई करिब १ सय १८ किलोमिटर छ।

ट्रयाक खुलाइएपछि खदाङ–त्रिपुराकोट खण्डमा जीप, टयाक्टर लगायतका यातायातका साधन सञ्चालनमा आएका छन्।

प्रकाशित: ४ मंसिर २०७५ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App