१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

जाह्नवीभन्दा सारा अघि

मुम्बई – बलिउड अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानको बलिउड ‘डेब्यु’लाई फिल्मकर्मीले निकै उत्साहका साथ प्रतिक्षा गरिरहेका छन् । अभिनेता सुशान्त सिंह राजपुतसँग अनस्क्रिन रोमान्स गर्दै फिल्म ‘केदारनाथ’मा ‘डेब्यु’ गरेकी सारा आफ्नो फिल्मी करियरलाई लिएर निकै गम्भीर पनि छिन् । यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि फिल्मप्रति दर्शकले देखाएको क्रेजले सारालाई झन बढी संयमित बनाएको छ।

आफ्नो ‘डेब्यु’ फिल्म रिलिज हुनु अघि नै उनले दोस्रो फिल्मको सुटिङको काम पनि पुरा गरेकी छन् । उनको एक महिनामै ‘डेब्यु’ फिल्मसहित दुई फिल्म रिलिजको तयारीमा छ । बलिउडमा सारा र अर्की नवनायिका जाह्नवी कपुरलाई निकै आशलाग्दा नायिकाका रुपमा हेरिएको छ । तर सारा एकपछि अर्को फिल्ममा व्यस्त भइरहँदा जाह्नवी फिल्म ‘धड्क’ रिलिजको चार महिना पछि पनि कुनै फिल्ममा अभिनयको अवसर पाएकी छैनन्।

यस्तो दृश्य बलिउडमा कमै मात्र देख्न पाइन्छ । बलिउडमा अहिले श्रीदेवी र बोनी कपुरकी छोरी जाह्नवी तथा सैफ र अमृताकी छोरी साराको तुलना हुन थालेको छ । केही समय यता सामाजिक सञ्जाल होस् या सञ्चारमाध्यममा दुवैका तस्बिर दिनानुदिन आइरहेका छन् । दुवैजना टेलिभिजन शो ‘कफी विद करण’को यो सिजनमा पनि पुगिसकेका छन्।

सारा अघि जाह्नवीले ‘डेब्यु’ गरेपछि उनले वोग म्यागाजिनका लागि कभर फोटोसुट पनि गराइसकेकी छन् । सुरुका दिनमा उनको व्यस्ततालाई हेर्दा जाह्नवीले सारालाई बलिउडमा उछिन्ने अड्कलबाजी काटिएको थियो । तर साराले ‘डेब्यु’ फिल्म रिलिज अघि नै जाह्नवीलाई पछाडि पारिसकेकी छन्।

आगामी डिसेम्बर ७ मा साराको ‘केदारनाथ’ रिलिज हुँदैछ । यो फिल्म रिलिजको २१ दिन पछि उनी अभिनित अर्को फिल्म ‘सिम्बा’ रिलिजको तयारी गरिरहेको छ । फिल्म ‘सिम्बा’मा साराले रोहित सेठ्ठी र रणवीर सिंहसँग काम गरेकी छन्।

बलिउडमा ‘डेब्यु’ गर्नासाथ एउटै कलाकारको एकै महिना दुई फिल्म रिलिज हुने मौका कमैले मात्र पाउँछन् । सारा हालका दिनमा ‘केदारनाथ’को प्रमोसनमा व्यस्त छिन् । यो फिल्मको ट्रेलर रिलिजपछि फिल्मकर्मीले उनको अभिनयलाई आमा अमृतासँग तुलना गरेका छन्।

प्रकाशित: ४ मंसिर २०७५ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App