१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युइएफए नेसन्स लिग : सेमिफाइनल पुग्ने पोर्चुगल पहिलो राष्ट्र

पोर्चुगलका मारियो लुई (बाँया) र इटालीका निकोलो बारेला बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिरःएपी

मिलान – युरोपियन च्याम्पियन पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र भएको छ । शनिबार भएको खेलमा इटालीलाई गोलरहित बराबरीमा रोक्दै पोर्चुगल यस संस्करणको नेसन्स लिगको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको हो।

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा अन्तिम खेलअगावै पोर्चुगलले यो सफलता प्राप्त गर्यो । पोल्यान्डसँगको अन्तिम खेल अगावै पोर्चुगलले लिग ‘ए थ्री’ को शीर्ष स्थान पक्का गर्दा इटालीको सम्भावना भने समाप्त भएको छ । यता, पोल्यान्ड पनि समूहबाट रेलिगेसन पर्दै लिग ‘बी’ मा झरिसकेको छ।

रोबर्टो मान्चिनीको इटालीलाई दोस्रो चरणमा स्थान बनाउन स्पष्ट जित आवश्यक थियो । तर, घरेलु मैदानमा ७३ हजार समर्थकको साथ पाएको इटाली असफल रह्यो । यो बराबरीले इटालीलाई गत रूस विश्वकपमा छनोट हुन नपाएको चोटलाई पुनः ताजा गराएको छ । एक वर्षअगाडि छनोटको अन्तिम खेलमा स्विडेनसँग गोलरहित खेल्दा इटाली रूस विश्वकपको यात्रा गर्न असफल भएको थियो।

शनिबार भएको खेलमा इटालीलाई गोलरहित बराबरीमा रोक्दै पोर्चुगल यस संस्करणको नेसन्स लिगको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको हो।

‘हामी एकदम खुसी छौँ । किनकि, यो नतिजाले पनि अन्तिम चरणमा पुग्न हामीलाई मद्दत गरेको छ,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘यद्यपि, हामीले खेलमा निकै दबाब बेहोर्यौँ । पहिलो हाफ भने झनै संघर्षपूर्ण रह्यो ।’ पोर्चगलले आगामी मंगलबार घरेलु टोली पोल्यान्डसँग समूहको अन्तिम खेल खेल्नेछ । यो नतिजाले दुवैलाई खासै फरक पार्ने छैन।

यद्यपि, पोर्चुगलले प्रशिक्षक सान्तोसले पोल्यान्डसँगको अन्तिम खेलमा जित निकाल्दै आफ्ना समर्थकलाई थप खुसी प्रदान गर्नका लागि पनि महत्वपूर्ण रहने बताएका छन् । उनले भने, ‘यो खेल जित्दै अर्को चरणका लागि उचो आत्मबल बनाउनेछौँ ।’ घरेलु मैदानमा भएको पहिलो खेलमा भने पोर्चुगल इटालीसँग १–० ले स्तब्ध भएको थियो । यता, इटालीको मैदानमा भएको दोस्रो खेलमा पनि पोर्चगलले दबाब बेहोरेको थियो।

पहिलो हाफमा इटालीका लोरेन्जो इनसिग्ने र सिरो इमोबिल नजिकबाटै गोल गर्न चुकेपछि पोर्चुगललाई राहत मिलेको थियो । दोस्रो हाफमा भने पोर्चुलले पनि गोलका अवसर सिर्जना गरेको थियो । विलियन कार्भाल्होको प्रहार इटालियन गोलकिपर जियानलुइजी डोनारुमाले निस्तेज पारेका थिए।

अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका जाओ मारियो पनि पोर्चुगलका लागि गोल गर्न चुकेका थिए । ‘हामीले खेलको ७० मिनेट अगाडिसम्म पोर्चुगलमाथि निकै दबाब बनाएका थियौँ । तर, अन्तिम ३० मिनेट भने उनीहरूले राम्रो खेले । हामीले बनाएको अवसर पनि चुकाउँदा बराबरीमै चित्त बुझायौँ,’ इटालीका प्रशिक्षक मान्चिनीले भने।

असफल भए पनि इटालीले सान सिरोको मैदानमा अपराजितको यात्रालाई कायमै राखेको छ । इटालीले आगामी मंगलबार अमेरिकासँग मैत्रीपूर्ण खेल खेल्दै छ । इटालीका कप्तान जियोर्जियो चिइलिनीले राष्ट्रिय जर्सीबाट सयौँ खेल पूरा गरेका छन् । आइतबार मात्र राष्ट्रिय टिमबाट १४ वर्षको यात्रा पूरा गरेका चिइलिनीले फिनल्यान्डसँगको खेलबा डेब्यु गरेका थिए। 

प्रकाशित: २ मंसिर २०७५ २३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App