२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

म्याग्दी जिल्लाको मासिक टेलिफोन बिल डेढ करोडको

बाबियाचौर (म्याग्दी)-जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् ।

नेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक रु एक करोड ३५ लाख खर्च गरेको पाइएको हो । टेलिकम र एनसेलको अधिकृत बिक्रेताले मासिक एक करोड रु १५ लाख बराबरको रिचार्ज कार्ड बिक्री हुने गरेको बताएका छन् । टेलिकम, म्याग्दीले मासिक रु २० लाखको हाराहारीमा टेलिफोन महसुल सङ्कलन गर्छ । यो तथ्याङ्क पोखरा र बागलुङबाट ल्याएर बिक्री हुने रिचार्ज कार्ड बाहेकको हो ।

ग्रामीण क्षेत्रमा मोबाइल सेवा विस्तार हुने क्रमसँगै रिजार्च कार्डको बिक्री पनि बढेको नमस्ते टे«ड बेनीका सञ्चालक केशवराज आचार्यले बताए । रासस

प्रकाशित: ९ आश्विन २०७३ ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App