१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छानोबाट खसेर मजदुरको मृत्यु

सर्लाही– घरको छानोबाट खसेर जिल्लाको दक्षिणी क्षेत्र स्थित चक्रघट्टा गाउँपालिकामा घरको छानोबाट खसेर एक मजदुरको ज्यान गएको छ। 

चक्रघट्टा गाउँपालिका–८, औरही गाउँ निवासी शिवशङ्कर महतोको दुईतले घरको छानो मर्मत गर्ने क्रममा खसेर स्थानीय ४६ वर्षीय रामाधार रायको शुक्रबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ। छानोबाट खसेर गम्भीर घाइते भएका रायलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउनेक्रममा बाटैमा ज्यान गएको हो। 

यसैबीच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१० नयाँरोडमा शुक्रवार दिउँसो ना ४ ख १०५० नं. को बसको चक्का पड्किँदा बसमा सवार एक यात्रु गम्भीर घाइते भएका छन्। सिन्धुलीबाट बाराको कोल्बीतर्फ जाँदै गरेको बसको पछाडिपट्टीको चक्का पड्किएर उछिट्टिएको फलामको टुक्राले लाग्दा बसभित्रै रहेका लालबन्दी नगरपालिका–७, का ५२ वर्षीय कन्ठलाल जयसवाल गम्भीर घाइते भएका हुन्। 

घाइते जयसवाललाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारगरि थप उपचारका लागि बी एण्ड बी अस्पताल काठमाण्डौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७५ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App