१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिमानाकाकाे निगरानी सिसिटिभी क्यामराबाट

बीरगन्ज - नेपाल भारतबीचकाे प्रमुख व्यापारिक नाका वीरगन्ज–रक्साैल सिमाना स्थित शंकाराचार्य द्वार पार गर्न अब ६ तिरबाट लगाइने सिसिटिभी क्यामेराको निगरानीबाट गुज्रिनु पर्ने भएकाे छ। वीरगन्जको मुख्यचोक र विभिन्न क्षेत्रलाई सिसिटिभी क्यामराको कभरेज क्षेत्रभित्र राख्ने योजना अन्तर्गत सिमामा क्यामेरा जडान गरिने भएकाे हाे।

यस योजनाको अगुवाई गरेका पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, पर्साका प्रहरी उपरीक्षक रेवति ढकाल, कम्प्युटर नेटवर्किङ्का प्राविधिक इन्जिनियर दिगम्बर सिंह, योजनाका सहभागि तबरेज अहमदलगायतको टोलीले क्यामेरा जडानका लागि शुक्रवार शंकाराचार्यद्वार क्षेत्रको स्थलगत अवलोकन गरेको छ।

बेलाबेलामा भारतीय तथा नेापली अपराधीहरुले वीरगन्ज क्षेत्रमा विभिन्न खाले अप्रीय घटना घटाएर सिमापार फरार हुने तथा तस्करी नियन्त्रण लगाएतका घटना नियन्त्रण गर्न र अनुसन्धन प्रभावकारी बनाउन सिसिटिभी क्यामेराले सहयोग गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: ३० कार्तिक २०७५ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App