फिजी- फिजीको संसदीय चुनावमा प्रधानमन्त्री फ्रान्क बैनीमारामाको सत्तारुढ दलले स्पष्ट विजयी हासिल गरेको देखिएको छ। सन् २००६ मा सत्ता विद्रोह गरी प्रधानमन्त्री भएका ६४ वर्षीय फ्रान्कले त्यसयता भएका चुनावमा लगातार विजय हासिल गरेका छन्।
सन् १९८७ देखि २००६ सम्म चारवटा सरकार गठन भएका र मुलुकमा अस्थिरता बढेपछि पूर्व सैनिक फ्रान्क बैनीमारामाले रक्तपातविहीन ढङ्गबाट सत्ता हत्याएका थिए।
दुई तिहाई मतगणना सकिँदा बैनिमारामाको फिजीफस्र्ट पार्टीले झण्डै ५२ प्रतिशत मत प्राप्त गरेको छ। विपक्षी दल सोडेल्पा पार्टीले ३८ प्रतिशत मत प्राप्त गरेको छ भने एउटा सानो दल नेसनल फेडेरेसन पार्टीले करिब ८ प्रतिशत मत प्राप्त गरेको छ।
तर फिजीका स–साना टापुहरुबाट मतगणनाका परिणाम प्राप्त गर्न केही दिन लाग्ने भएकाले मतगणनाको अन्तिम नतिजा प्राप्त गर्न केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन अधिकारीहरुका अनुसार केही जिल्लामा ५३ प्रतिशत मात्र मतदान भएको छ। फिजीका केही भागमा मुसलधारे वर्षा भएकाले मतदानमा असर पुगेको थियो।
बैनिमारामाको नेतृत्वमा रहेको फिजीको अर्थतन्त्रको मुख्य आयस्रोत पर्यटन हो। यहाँको जनसंख्या करिब ९ लाख २० हजार मात्र छ।
उनले फिजीको वैदेशिक नीतिमा परिवर्तन गरी अस्ट्रेलिया र न्यूजील्यान्डमाथिको निर्भरता तोडेका छन्। पछिल्ला वर्षमा फिजीमा चीनको लगानी बढेको छ।
दक्षिण प्रशान्त महासागरीय क्षेत्रका देशहरुमध्ये फिजी सबैभन्दा बढी जनसंख्या भएको र आर्थिक रुपमा शक्तिशाली छ। व्यवसाय र कुटनीतिक दृष्टिबाट फिजीले क्षेत्रीय महत्व हासिल गर्न थालेको छ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत