१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान : 'सिक्काका सुल्तान' लाई फाँसी

वहीद मजलुमीन र उनका साथी मोहम्मद इस्माइल गासेमी

इरान- इरानमा दुई टन सुनका सिक्का सहित पक्राउ परेका वहीद मजलुमीनलाई फाँसी दिइएको छ। उनलाई बुधबार बिहान फाँसी दिइएको हो।

राजधानी तेहरानमा अभियोजन कार्यालयका अधिकारीका अनुसार वहीद मजलुमीन र उनका साथी मोहम्मद इस्माइल गासेमीलाई मृत्युदण्डको लागि इरानको सबैभन्दा ठूलो अदालतले मञ्जुरी दिएको थियो।

वहीद मजलुमीन र मोहम्मद इस्माइलको अदालतले भ्रष्टाचार र आर्थिक अपराधमा दोषी ठहर गरेको थियो। उनीहरुलाई सिक्का जम्मा गरेर मुद्रा बजारको कामकाजमा अनधिकृतरुपमा दखल लिएको आरोप छ। यो विषयमा उनीहरुसँगै अन्य पनि गिरफ्तार परेका थिए।

अघिल्लो वर्ष जुनको अन्तिममा नयाँ सुनका असर्फी १२ लाख तूमाम भन्दा बढी थियो। विनिमयदरमा बढवा आएपछि मुद्राको मुल्य समेत त्यसै अनुपातमा बढ्यो। यो वर्ष जुलाईमा जव  वहीद मजलुमीन गिरफ्तारीमा परेको खवर आयो सुनका सिक्काको मुल्य तीन मिलियन तूमान भन्दा माथि पुगेको थियो।

न्याया विभागका अधिकारीहरुका अनुसार मजलुमीन र उनका सहयोगिले बजारबाट सिक्का जम्मा गरेर आपुर्तीमा गिरावट बनाउँदै सिक्काको मुल्य बढाएका थिए।

 

प्रकाशित: २८ कार्तिक २०७५ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App