१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फोक्सलाई विकेटकिपरको जिम्मेवारी

कोलम्बो – श्रीलंकाविरुद्ध बुधबारदेखि हुने दोस्रो टेस्टमा इङ्ल्यान्डका बेन स्टोक्सले तेस्रो नम्बरमा खेल्दा बेन फोक्सले विकेटकिपरको जिम्मेवारी सम्हाल्ने भएका छन्।

चोट बोकेका विकेटकिपर जोन्नी बेस्ट्रो पूर्ण फिट नहुँदा फोक्सले जिम्मेवारी पाउन लागेका हुन् । प्रशिक्षणका दौरान फुटबल खेल्ने क्रममा चोट बोकेपछि बेस्ट्रोलाई आराम दिँदै अन्तिम समयमा फोक्सलाई अवसर दिइएको थियो । तर, फोक्स पनि आफूलाई प्रमाणित गर्न सफल भएका छन्।

यता, यसअघि मिडल अर्डरमा खेल्दै आएका अलराउन्डर स्टोक्सले मोइन अलीलाई प्रतिस्थापन गर्न लागेका हुन् । मोइनले भने छैँटौँ नम्बरमा खेल्नेछन् । डेब्यु गरेका फोक्सले १ सय ७ रन बनाउँदा ३ विकेट पनि लिएपछि पहिलो टेस्टमा इङ्ल्यान्डले सफलता निकालको थियो।

गालेमा भएको पहिलो टेस्टमा २ सय ११ रनको जित निकालेको इङ्ल्यान्ड पाल्लेकेलेमा हुने दोस्रो टेस्टमा पनि जित दोहोर्याउँदै तीन खेलको शृंखला जित्ने लक्ष्यमा छ।

बुधबारको टेस्टमा इङ्ल्यान्डको टेस्ट टोलीमा रोरी बन्र्स, किइटन जेनिङ्स, बेन स्टोक्स, जोए रुट, जोस बटलर, मोइन अली, बेन फोक्सर, साम कुरान, अदिल रासिद, ज्याक लिच र जेम्स एन्डरसनले अवसर पाउने सम्भावना रहेको छ ।   
गालेमा भएको पहिलो टेस्टमा २ सय ११ रनको जित निकालेको इङ्ल्यान्ड पाल्लेकेलेमा हुने दोस्रो टेस्टमा पनि जित दोहोर्याउँदै तीन खेलको शृंखला जित्ने लक्ष्यमा छ । यो टेस्ट शृंखलामा जित निकाल्दै टेस्ट क्रिकेटमा लयमा फर्कने उसको उद्देश्य हो।

इङ्ल्यान्डले सन् २०१६ देखि अवे मैदानमा टेस्ट शृंखला जित्न सकेको छैन । जसको कारण पनि इङ्ल्यान्डले पछिल्ला समय टेस्ट वरीयतामा वर्चस्व कायम गर्न सकेको छैन । हाल इङ्ल्यान्ड टेस्ट वरीयतामा तेस्रो स्थानमा छ । इङ्ल्यान्डभन्दा अगाडि शीर्षमा भारत र दोस्रोमा दक्षिण अफ्रिका छन्।

 

प्रकाशित: २८ कार्तिक २०७५ ००:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App