१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डोको गोलमा युभेन्ट्स विजयी

मिलान – क्रिस्टियानो रोनाल्डोको गोल मद्दतबाट युभेन्ट्सले सिरी ‘ए’ मा १० खेलाडीमा सीमित एसी मिलानमाथि आइतबार २–० को जित निकालेको छ।

च्याम्पियन्स लिगमा गत बिहीबार म्यानचेस्टर युनाइटेडसँग २–१ को हारपछि  रोनाल्डोको युभेन्ट्सले पहिलो सफलता निकालेको हो । गोन्जालो हिग्विनले रातो कार्ड पाउँदै मैदान छाड्नुअघि पेनाल्टी अवसरसमेत गुमाएका थिए । यता, मारियो मान्ड्जुकिचले हेड गोलमार्फत आठौँ मिनेटमै युभेन्ट्सलाई अग्रता दिलाएका थिए।

एलेक्स सान्द्रोको उत्कृष्ट पासलाई मारियोले जाली चुमाएका थिए । ८१औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे । जितसँगै शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको नेपोलीमाथि ६ अंकको अग्रता बनाएको छ । समान १२ खेलमा युभेन्ट्सको ३४ अंक र नेपोलीको २८ अंक  छ । समान खेलबाटै २१ अंकसहित मिलान पाँचौं स्थानमा छ।

सात पटक सिरी ‘ए’ च्याम्पियनसमेत रहेको डिफेन्डिङ च्याम्पियन युभेन्ट्स च्याम्पियन्स लिगमा युनाइटेडसँगको हारपछि लयमा देखिएको छ । रोनाल्डोले सुरुआती गोल गर्दै अग्रता दिलाए पनि अन्तिम ४ मिनेट समालिन नसक्दा युनाइटेडसँग हार बेहोरेपछि सिजनको पहिलो खराब नतिजाको सामना गरेको थियो।

जितसँगै शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको नेपोलीमाथि ६ अंकको अग्रता बनाएको छ । समान १२ खेलमा युभेन्ट्सको ३४ अंक र नेपोलीको २८ अंक  छ । समान खेलबाटै २१ अंकसहित मिलान पाँचौं स्थानमा छ।

‘च्याम्पियन्स लिगको खराब नतिजा बिर्संदै आफ्नो शैलीमा खेल्दा आजको जित सम्भव भएको हो,’ प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने ‘निकै उत्कृष्ट लयमा रहेको नेपोलीविरुद्ध एक पनि गोल नबेहोरी जित निकाल्नु हाम्रा लागि राम्रो संकेत हो ।’ यो हारसँगै मिलानले यस सिजनको लिगमा तेस्रो हार बेहोरेको छ । रोनाल्डोले भने ‘एसी मिलानजस्तो बलियो प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्नु निकै कठिन हो।’

युभेन्ट्सबाटै लोनमा आएका हिग्विन ८३औँ मिनेटमा विवाद गर्दै लगातार दोस्रो पहेँलो कार्ड पाई मैदानबाट बाहिरिएका थिए । रोनाल्डोलाई भित्र्याएपछि युभेन्ट्सले हिग्विनलाई लोनमा मिलान पठाएको थियो । पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा युभेन्ट्सका मेधी बेनासियाले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि मिलानले बराबरी गर्ने अवसर पाएको थियो । तर, हिग्विनको पेनाल्टीलाई युभेन्ट्सका गोलरक्षक ओवसिज स्कजेस्नीले रोकेका थिए। 

यता, इन्टर मिलानको लगातार ७ खेलमा विजयी यात्रालाई आइतबार एटलान्टाले ४–१ को हार चखाउँदै रोकेको छ । नेपोली भने जिनुवामाथि २–१ को जित निकाल्दा दोस्रो स्थानमा उक्लिएको थियो । हारपछि इन्टर १२ खेलमा २५ अंकसहित तेस्रो स्थानमा झरेको छ । समान खेलमा २८ अंक जोडेको नेपाली भने दोस्रोमा उक्लियो।

रोमा पनि साम्पडोरियामाथि ४–१ को जित निकाल्दै लिगको छैटौँ स्थानमा उक्लिएको छ । त्यो जितपछि रोमा च्याम्पियन्स लिग खेलिरहेको लाजियो र एसी मिलानभन्दा ३ अंकले पछाडि छ । लिगको अन्तिम स्थानमा रहेको किइभोले बोलोग्नालाई २–२ गोलको बराबरीमा रोक्यो । अन्य खेलमा इम्पोलीले युडिनेसीमाथि २–१ को जित निकाल्दा सासौलो र लाजिओबीचको खेल १–१ को बराबरीमा रोकियो।

प्रकाशित: २७ कार्तिक २०७५ ००:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App