१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छठ बजारमा कन्दमुलको बिक्री

बीरगन्ज- अन्य समय खासै नदेखिने समानहरुको छठको पूजा सामग्रीको रुपमा बिक्री बढेको छ। कन्दमुलमा गनिने सुथरी, अरुई, मुला, छठिया बोडी, अदुवा, निंबु, भोगटे, बइर, फर्सी, पानको पात, केरा, उखु जस्ता समान बेंच्ने सयौं पसलहरु वीरगन्जको मुख्यबजार क्षेत्रमा थापिएका छन्। ति पसलहरुमा किनमेल गर्नेहरुको भीड त्यतिकै बढेको छ।

 ‘आज एक अन्तिम दिन नै हो यि सबै समानको ब्यपार हुने, त्यसपछि अर्को बर्ष,’ छोरा र श्रीमति सहित वीरगन्जको मिना बजार गल्लीमा छठका समान बेच्न ब्यवस्त रहेका जगरनाथ साहले भने, ‘अरु दिनमा फलफुल बेच्छौं, छठमा यसैको माग छ, बेच्दै छौं।’

बाँसको कम्चीबाट बनेका सामान र घरेलु उत्पादनका अरु समानहरुको बिक्री पनि बढेको छ। ‘बर्ष दिनमा जती छैंटी बिक्री हुने गर्छ त्यती नै बराबर छठ बेला एकै दिनमा बिक्री हुन्छ’, घण्टाघर चोकमा बाँसका कम्चीले बनेको ‘छैंटी र दउरा’ लिएर बेच्न बसेका रमन मण्डलले भने, ‘सयदेखि ५ सय रुपैयाँ सम्ममा ‘छैंटी र दउरा’ बेचेको छु।’ छठमा माटोको भाँडाको पनि बिक्री बढेको छ। माटोको हात्ति, कलस, दियो, ढकनी, चैमुखको दिन भरी नै बिक्री भयो। बीरगन्को घण्टाघरदेखी माइस्थानसम्म सडक छेउमा सय बढी माटोका भाडाको पसलमा दिनभरी नै किन्नेहरुको भिड रह्यो।

फलफुल, चनीको बातासा, झुत्रो सहितको नारियल, अगरबत्ती, सुकमेल, ल्वाङ्ग, अर्घौति जस्ता पूजा सामग्रीको किनबेच पनि यो समय उच्च हुने गर्छ। छठको बिषेश प्रसाद ‘ठेकुवा’ बनाउनमा प्रयोग हुने समग्रीहरु चिनी, मैदा, घ्य, बनस्पति घ्यु, खानेतेलको बिक्री पनि तुलनात्मकरुपमा बढेको ब्यवसायिले बताए।

प्रकाशित: २६ कार्तिक २०७५ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App