१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

यस्तो देखियो फाल्गुनन्द जयन्ती (फोटो फिचर)

पाँचथर- राष्ट्रिय विभूती समाजसुधारक फाल्गुनन्दको १ सय ३४ औँ जन्म जयन्तिको अवसरमा पाँचथर सदरमुकाम फिदिममा विशेष समारोहको सम्पन्न भएको छ। देश–विदेशमा फाल्गुनन्द जयन्ती मनाई रहँदा मुख्य समाहोर भने फिदिममा भएको हो।

मुख्य समारोहमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, नेकपाका नेता सुभाषचन्द्र नेम्वाङ, योगेश भटराई, नेपाली कांग्रेसका भिष्मराज आङदेम्बे, दिपकप्रकाश बाँस्कोटा लगायका नेताहरुको उपस्थीति थियो। यस्तै वर्तमान गुरु आत्मानन्द लिङदेन सहितका धार्मिक व्याक्तित्वको उपस्थीति थियो। विशेष समारोहका लागि फिदिम बजार झझिकाउ बनाएर सजाईएको थियो। घर–घरमा घडा राखेर स्वागत गरीएको थियो। आफ्नो मौलिकतामा आधारीत र्‍यालीले बजार परिक्रमा गरेको थियो। जन्म जयन्तीको समारोहको उपप्रधानमन्त्री पोखरेलले उद्घाटन गरेका थिए भने आशिरबचन गुरुले प्रदान गरे। यहि अवसरमा फिदिमको शनिबारेमा अहिलेसम्मकै अग्लो फाल्गुनन्दको शालिक समेत अनावरण गरीयो। देश विदेशबाट समारोहमा सहभागिहरु आएका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App