२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जन्मदिन भन्दै बाेलाएर दुर्इ युवतीमाथि सामूहिक बलात्कार

लहान - जन्मदिनको अवसरमा भोज आयोजना गरेको बहानामा बोलाएर दुई युवतीमाथि सामुहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। लहान नगरपालिका २२ र लक्ष्मीपुर पत्तारी गाउँपालिका २ की दुईजना युवतीमाथि चिनजानकै युवाहरुले सामूहिक बलात्कार गरेका हुन्।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाका अनुसार लहान नगरपालिका १२ भोटियाटोलका हरिकान्त चौधरीले आफ्नो जन्मदिनको भोजमा सहभागी हुन चिनजानकी चौधरी थरकी दुर्इ युवतीलाई बोलाएका थिए। दुबै युवतीलार्इ चौधरीले मोटरसाईकलमा भोटिया टोल चौरीमा लगि सामुहिक बलात्कार गरेका थिए। युवतीहरुकाे वयान अनुसार सात जना युवाकाे समुहले उनीहरुमाथि बलात्कार गरेका थिए।

पीडित युवतीको वयान उद्धृत गर्दै डिएसपी थापाले नागरिकसँग भने ‘भाईटिकाको साँझ करिब साढे ६ बजे हरिकान्त चौधरीले मेरो बर्थडेको पार्टी छ जाऔं’ भन्दै मोटरसाइकलमा दुबै युवतीलाई घरबाट लिएर गएको थियो। घर नलगी चौरीमा लगेर हरिकान्त सहित सात जना युवा मिलेर उनीहरुमाथि बलात्कार भएकाे हाे।'

डिएसपी थापाका अनुसार सामूहिक बलात्कारमा संलग्न रहेकाहरुमध्ये पहिचान खुलेका तीनजना फरार छन्। फरार भएकाहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। सामूहिक बलात्कारमा संलग्नमध्ये २२ वर्षीय हरिकान्त चौधरी, २२ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको थापाले बताए। अन्य चार जनाको नाम खुल्न बाँकी रहेपनि हुलियाको आधारमा खोजी भइरहेको उनले बताए। पीडित युवतीहरुको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परिक्षण गराएर परिवारको जिम्मा लगाइएको उनले बताए।

 

प्रकाशित: २५ कार्तिक २०७५ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App