१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा २६ सर्वसाधारण मारिए

तस्बिर : एजेन्सी

दमासकस - अमेरिका नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा परी सिरियामा कम्तीमा २६ सर्वसाधारणको मृत्यु भएको छ। सिरियाको पूर्वी प्रान्त डेइर अल जौरमा यो घटना भएको अधिकारीहरुलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सानाले जनाएको छ।

मारिनेमा महिला र बालबालिकासमेत रहेका समाचारमा जनाइएको छ। कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट (आईएस) आतङ्ककारीविरुद्ध उक्त कारबाही चलाएको बताइएको छ। उक्त हवाई कारबाही इराकसँगको सिमानामा पर्ने इयुफ्राटीज नदीनजिकै भएको थियो। यस क्षेत्रमा आतङ्ककारीहर रहेको सुचनाको आधारमा हवाई कारबाही भएको गठबन्धन सेनाले जानकारी दिएको छ। पछिल्लो समय त्यस क्षेत्रमा हवाई आक्रमणहरु भइरहेका छन्। 

सिरियामा आतङ्ककारीलाई लक्ष्य गरी गरिने हवाई कारबाहीमा परी बारम्बार सर्वसाधारणको ज्यान जाने गरेको छ। सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदविरुद्ध जनआन्दोलन शुरु भएको थियो। सो आन्दोलन केही समयपछि गृह युद्धमा परिणत भयो। उक्त गृहयुद्धमा अल कायदा र आइएस जस्ता आतङ्ककारी समूह हाबी हुदै गए।सन् २०११ देखि हालसम्म यस युद्धमा परी ३ लाख ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने, लाखौैको सङ्ख्यामा सर्वसधारण घाइते हुनुको साथै शरणार्थी जीवन विताउन बाध्य भएका छन्। 

प्रकाशित: २४ कार्तिक २०७५ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App