उत्तर कोरियाली नेता किमको हत्या गर्ने सोलको गोप्य योजनाको खुलासा

शनिबार, ०८ असोज २०७३, १५ : १७ एजेन्सी

सोल–दक्षिण कोरियाका रक्षमन्त्री हान मिन कूले सोलसँग उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको हत्याको गोप्य योजना रहेको बताएका छन्।  उनले संसदमा  सांसदहरुको प्रश्नको जवाफ दिँदै दक्षिण कोरियाको सुरक्षामा खतरा भयो भने  उत्तर कोरियाको सर्वोच्च नेता उनको हत्याको गोप्य योजना रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

‘उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्न दक्षिण कोरियाली सेनाको एक विशेष युनिट गठन गर्ने विषयमासमेत छलफल भइरहेको छ,’ उनले भने,‘हाम्रो मुलुकको सुरक्षामा खतरा महशुस भयो भने हामीसँग किमको हत्या गर्ने गोप्य योजना छ।’ तर आफ्नो मुलुकको सम्प्रभुतामा खतरा हुने देखिएमात्र गोप्य योजना अनुसार किमको हत्या गरिने उनको भनाइ छ। उत्तरले फेरि परमाणु परिक्षण गरे त्यसलाई रोक्नसक्ने दक्षिण योजनासँग क्षमता रहेकोसमेत रक्षामन्त्रीले दाबी गरे।

यसैबीच उत्तर कोरियाली विदेश मन्त्री री योङले अमेरिकाले आफ्नो मुलुकमा सुरक्षा खतरामा पारे जे पनि गर्न सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदै मन्त्री रीले भने,‘ हामीसँग परमाणु बमको क्षमता बढाउनु बाहेक अन्य कुनै विकल्प छैन।’आफ्नो मुलुकको भौगोलिक अखण्डताको रक्षा गर्ने उद्देश्यलेमात्र परमाणु बमको विकास गरिएको उनको भनाइ थियो। उत्तर कोरियाले दक्षिण कोरियाका रक्षा मन्त्रीलाई मार्ने धम्की दिएको छ।

 









यसमा तपाईको मत

अन्य समाचार

एभरेष्ट बैंकको वार्षिकोत्सवमा  कार्यक्रम

एभरेष्ट बैंकको वार्षिकोत्सवमा कार्यक्रम

एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सव सुदूर पश्चिम प्रदेशमा बिबिध कार्यक्रम गरी मनाईएको छ । ...

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री–वितरण गरिहेको  नेबिको प्रालिले नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याक सार्वजनिक गरेको छ ।

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

Ncell Footer Ad