१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चरेस सहित तीन पक्राउ

पक्राउ परेकालार्इ सार्वजनिक गरिँदै। तस्बिर : लाेकेन्द्र/नागरिक

रुकुम - रुकुम (पश्चिम) मा अबैध लागू औषध चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार साँझ १० किलो एक सय ग्राम चरेस (गाजा) सहित आठविसकोट नगरपालिका–१३ घेत्माबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा जिल्लाको आठविसकोट नगरपालिका–९ राडी बजारका ४२ वर्षीय इन्द्र चन्द, सोही ठाउँका ३८ वर्षीय कर्णबहादुर शाही र सल्यान ढोरचौर गाउँपालिका–२ घर भई हाल तुल्सीपुर उपमहानगरपालिका–९ बस्दै आएका ६० वर्षीय हिक्मत बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए। लुकाई छिपाई कारोबार गर्न लागेको विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी व्यूरो र जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले उनिहरुलाई सोमबार साँझ पक्राउ गरेकाे खड्काले जानकारी दिए। डिएसपी खड्काका अनुसार पक्राउ परेकाहरुबाट नगद ४३ हजार चार सय ४५ रुपैयाँ, तीन थान मोबाईल, टर्चलाईटका साथै तराजु र तौलमा प्रयोग गरिने ढक समेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका तीनै जना अबैध लागुऔषध चरेस व्यपारीहरु रहेको अनुसन्धानमा खुलेको प्रहरी दाबी छ। व्यपारीहरुको सञ्जाल ठुलो रहेको हुनसक्ने प्रहरीको अनुमान छ। पक्राउ परेका विरुद्ध लागुऔषध ओसारपसार मुद्दा दर्ता गरिएको डिएसपी खड्काले बताए।

यसैबीच रुकुम प्रहरीले तिहारको बेलामा हुनसक्ने अापराधिक घटना हुन नदिनको लागि विशेष अभियान सुरु गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलको आयोजना गरेर जिल्लामा जुवातासमा कडाई गरिएको प्रहरीले जानकारी दिएको छ। 

 

प्रकाशित: २० कार्तिक २०७५ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App