७ वैशाख २०८१ शुक्रबार
खेल

पीपीएलको उपाधि पोखरा पल्टनलाई

पीपीएलकाे विजेता टाेली पाेखरा पल्टन। तस्बिर : उमेश पुन/नागरिक

काठमाडौं- पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले हात पारेको छ। चितवन राइनोजलार्इ ३ विकेटले हराउँदै घरेलु टाेली पाेखराले उपाधि हात पारेकाे हाे।

चितवनले दिएको १६१ रनकाे लक्ष्य १९.२ ओभरमा पुरा गर्दै पाेखराले उपाधि हात पारेको हो। पाेखराकाे जितमा रवीन्द्र सिंहले सर्वाधिक ९० रन जाेडे। उनले ५८ बलकाे सामना गर्दै १३ चाैका र ३ छक्काकाे मद्दतमा सर्वाधिक रन स्काेर गरेका हुन्। यस्तै माेहम्मद नाविदले १४ बलमा २५ तथा शरद भेष्वाकरले २२ रन जाेडे। चितवनका भुवन कार्कीले २ तथा पारस खड्का, सन्नी पटेल तथा करन केसीले समान एक एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे पारस खड्का नेतृत्वकाे चितवनले निर्धारीत २० अाेभरमा ५ विकेट गुमाउँदै १ सय ६० रन जाेडेकाे थियाे। चितवनका सन्नी पटेलले विष्फाेटक ब्याटिङ गर्दै २१ बलमा ४३ रन बनाएका थिए। उनले ३ चाैका र ४ छक्का प्रहार गरे। यस्तै कप्तान पारसले अर्धसतकीय पारी खेले। पारसले ३७ बलमा ५१ रन जाेडे। उनी रसिद खानकाे बलमा रन अाउट भएका थिए। पाेखराका लागि कृष्ण कार्कीले २ तथा ललित राजवंशी र माेहम्मद नावीदले समान एक एक विकेट लिए। 

विजेता टोली पाेखराले २७ लाख तथा उपविजेता चितवनले १० लाख प्राप्त गरेकाे छ। विजेतालार्इ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उपाधि हस्तान्तरण गरेका थिए।

चितवनका सन्नी पटेल प्रतियाेगिताकै सर्वाेत्कृष्ट खेलाडी, काठमाडाैं राेयल्सका गाैरव तमाेर उत्कृष्ट ब्याट्सम्यान, चितवनकै करण केसी उत्कृष्ट बलर बने। उनीहरुले माेटरसाइकल प्राप्त गरे। 

प्रतियोगितमा पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स्, बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्सले सहभागिता जनाएका थिए।

पुरस्कार वितरण समाराेहका केहि तस्बिरहरु (तस्बिर : उमेश पुन/नागरिक)

पीपीएलकाे विजेता टाेली पाेखरा पल्टन। तस्बिर : उमेश पुन/नागरिक
पीपीएलकाे विजेता टाेली पाेखरा पल्टन। तस्बिर : उमेश पुन/नागरिक
पीपीएलकाे विजेता टाेली पाेखरा पल्टन। तस्बिर : उमेश पुन/नागरिक
पीपीएलकाे विजेता टाेली पाेखरा पल्टन। तस्बिर : उमेश पुन/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App