२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘सरकार रवाफी तरिकाले चल्दा संघीयता कार्यान्वयन कठिन’

अमेरिका– पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेस नेता डा रामशरण महतले स्थानीय, संघ र केन्द्रीय सरकारको तादम्यता नमिल्दा तीन तहको संघीय संरचना आर्थिक रुपमा धान्न नसकिने भएकोले आर्थिक मितव्ययीता अपनाउँदै आर्थिक बृद्धि र उत्पादन बढाउनु पर्ने बताएका छन्। 

संविधान बनाउन भन्दा त्यसको कार्यान्वयनमा सरकार संवेदनशील हुनु पर्नेमा सरकार रवाफी तरिकाले चल्दा सविधान कार्यान्वयनको महत्वपूर्ण पाटोको रुपमा संघीयता कार्यान्वयन गर्न आर्थिक रुपले निकै कठिन हुँदै गएकोे उनको भनाई छ। ‘संघीय व्यवस्था राम्रो भए पनि त्यसको कार्यान्वयनमा राज्यले संचालन विधिलाई सरल बनाउन नसक्दा व्यवस्थाप्रति जनतामा वितृष्णा बढेर गएको छ’, अमेरिका भ्रमणमा रहेका पूर्वअर्थमन्त्री डा महतले एमआईटी विश्व विद्यालयमा पढ्ने नेपाली विद्यार्थीको मितेरी नामक संस्था र हार्वड विश्वविद्यालय पढ्ने विद्यार्थीहरुद्धारा संयुक्त रुपमा आयोजित छलफलमा भने।

संघीय व्यवस्था महंगो भएकोले सरकारले प्रशासनको क्षमता वृद्धि गर्न तालिमहरु आयोजना गर्नुपर्ने, आर्थिक मितव्यीता अपनाउनुको साटो तीनै तहको आपसी समन्वय नहुँदा असमान करबृद्धि र राजनीतिक नेतृत्वले आ–आफ्नो सुविधा बढाउनमा केन्द्रीत रहेकोले संघीय व्यवस्थाप्रति नै प्रश्न उठाउन थालिएको नागरिकन्यूज संगको कुराकानीमा डा महतले बताए। हरेक स्थानीय, संघले आर्थिक उत्पादनमा ध्यान दिनुको साटो कर बढाएर सुविधा लिन केन्द्रित हुँदा संघीय व्यवस्थाप्रति जनतामा निराशा उत्पन्न गराएको उनको भनाई छ। 

वैज्ञानिक डा प्रभात कुंवरले पूर्वअर्थमन्त्री डा महतसंग एमआईटीमा अध्ययन गर्ने नेपाली विद्यार्थीद्धारा स्थापित संस्था मितेरी र हार्वडमा अध्ययन गर्ने विधार्थीहरुले संयुक्त रुपमा नेपालको सविधान कार्यान्वयन, आर्थिक रुपमा उदाएका दुई छिमेकी भारत र चीनबाट लिनसक्ने फाइदा र समृद्ध नेपालका लागि प्रवासी नेपालीबाट योगदानको बारेमा छलफल भएको बताए। 

अमेरिका भ्रमणका क्रममा डा महतले एक दर्जन राज्यहरुमा रहेका नेपाली प्रोफसनल र जनसम्पर्क समितिहरुसंग अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए। 

प्रकाशित: १९ कार्तिक २०७५ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App