१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

६० हजार घुससहित सहायक वन अधिकृत अख्तियारको फन्दामा

उदयपुर – सेवाग्राहीबाट अवैध घुस लिदै गरेको अवस्थामा उदयपुरका एक सहायक वन अधिकृत आइतबार बिहान अख्तियारको फन्दामा परेका छन्।

जिल्लाको २ नं. डिभिजन वन कार्यालय कटारीअन्तर्गत उदयपुरगढीको नेपालटार सवडिभिजन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह ६० हजार रकमसहित रंगेहात अख्तियारद्वारा पक्राउ परेका हुन्। नेपालटार कार्यक्षत्र भएपनि साहलाई सदरमुकाम गाईघाटस्थित साविक सेक्टर वन कार्यालय गाईघाटको प्रांगणबाट अख्तियारले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले पुष्टि गरे।

कार्कीका अनुसार स्थानीय सामुदायिक वन समूहले विक्री वितरणका लागि घाटगद्धीमा राखेको काठ निकासी गर्न प्रक्रिया नपुगेको भन्दै साहले सेवाग्राहीसँग घुस मागेका थिए। पैसा नदिएसम्म काम अघि नबढाउने भएपछि आजित भएका सेवाग्राहीले उनकै बासस्थाननजिक ल्याएर रकम दिएका थिए। तर, रकम लिएको केहीबेरमै अख्तियारका कर्मचारीको टोलीले साहलाई पक्राउ गरेको हो।

अख्तियार टोलीले पक्राउ गर्दा सेवाग्राहीबाट लिएको घुस रकम साहको खल्तीमै फेला परेको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ। साहलाई पक्राउपछि घुस रकम र साहलाई कारवाही गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय, डिभिजन वन, प्रहरी, नेपाल पत्रकार महासंघ र नगरपालिकाका प्रतिनिधिसहितको भेलाले सर्जमिन मुचुल्का तयार गर्ने काम भईरहेको प्रजिअ कार्कीले बताए।

प्रकाशित: १८ कार्तिक २०७५ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App