१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्लाही घटना : दोषीलाई कारबाही माग गर्दै कांग्रेसद्वारा मसाल जुलुस

सर्लाही- जिल्लाको रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा आफ्ना कार्यकर्ताको हत्या एवं घाईते भएको घटनाप्रति सरकार उदासिन भएको भन्दै नेपाली कांग्रेस सर्लाहीले विरोध स्वरुप शनिबार साँझ  मसाल जुलुस प्रदर्शन गरेको छ।

सरकारलाई ध्यानाकर्षण गराउने उद्देयले साँझ जिल्ला स्थित २० वटै स्थानीय तहका बजारहरुमा मशाल जुलुस प्रदर्शन गएिको कांग्रेस सर्लाही सभापति नागेन्द्रकुमार रायले जानकारी दिए। आन्दोलन कार्यक्रम अन्तर्गत कांग्रेसले १८ गते आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सदरमुकाम मलंगवा सहित जिल्ला स्थित सम्पूर्ण बजार बन्द गर्ने एवं आईतबार नै बिहान ११ बजेदेखि १ घण्टा पूर्व–पश्चिम राजमार्ग चक्काजाम गर्ने लगायत कार्यक्रम घोषणा गरेको छ। माग सुनुवाई नभए आईतबार दिउँसो बैठक बसी दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिने कांग्रेस सभापति नागेन्द्रकुमार रायले बताए।

कांग्रेसले मृतकलाई शहिद घोषणा गर्नुपर्ने, घाईतेहरुको निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत प्रदान गर्नुपर्ने, आक्रमणमा संलग्न दोषिलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने र अवैध हतियार नियन्त्रण गर्नुपर्ने लगायत माग सहित गत बुधबार जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापत्र पत्र पठाएको थियो। तर मागबारे सरकारले कुनै सुनुवाई नगरेको भन्दै शुक्रबार पहिलो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको हो।

गत सोमबार घरबाट कार्यालय जाँदै गर्दा बाटोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुको समूहले मरणासन्न हुनेगरी कुटपीटबाट रामनगर गाउँपालिका–४ का वडाअध्यक्ष रामनरेश महतो गम्भिर घाईते भएको कांग्रेसले दाबी गर्दै आएको छ। त्यसको भोलिपल्ट मंगलबार नेकपाकै कार्यकर्ताहरुको समूहले गाउँमै आक्रमण गरी वडाअध्यक्ष रामनरेशका काका रामविलास महतोको गोली हानी हत्या गरेको एवं बन्दुकको छर्रा लागेर ७ जना घाईते भएको कांग्रेसको दाबी छ।

प्रकाशित: १७ कार्तिक २०७५ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App