१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अाइएसकाे अाक्रमणमा सात क्रिस्चियन धर्मावलम्बीकाे मृत्यु

फाइल तस्बिर

काठमाडाैं - इजिप्टमा इस्लामिक स्टेट (आइएसक) को आक्रमणमा परी सात क्रिस्चियन धर्मावलम्बीकाे मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

बालकको नामाकरण गरी काप्टिक चर्चबाट बसमा फर्किरहेका उनीहरुमाथि आइएसले अन्दाधुन्द गोली प्रहार गरेको थियो। घटनापछि विज्ञप्ती जारी गर्दै अाइएसले हमलाको जिम्मेवारी लिएको थियो। घटनाको त्यहाँका राष्ट्रपति अब्देल फतेह अल–सिसिनेले भ्रत्सना गरेका छन्। शोक वक्तव्य जारी गर्दै उनले पीडितले अवश्य न्याय पाउने बताए। इजिप्टमा रहेका अल्पसंख्यक क्रिस्चियन समुदायमाथि बारम्बार आक्रमणहरु भैरहेको अधिकारीहरुले बताएका छन्।  

 

प्रकाशित: १७ कार्तिक २०७५ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App