१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुलुक असफलताको दोष एउटा दललाई मात्र दिन मिल्दैन : अध्यक्ष थापा

शनिवार बिहान ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापा सहितका नेताहरु। तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले असफलताको लय लिँदै गरेको बताउँदै यसमा कुनै एक दल वा व्यक्तिको मात्र दोष नरहेको बताएका छन्। उनले जनताले अपेक्षा गरे अनुसार सरकारले काम गर्न भने नसकेको आरोप लगाए।

कार्यकर्ता भेटघाटको सिलसिलामा ताप्लेजुङ आइपुगेका थापाले शनिबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुलुकका दलहरुको नीतिगत तथा व्यवस्थागत त्रुटीका कारण देश संकटको दिसातर्फ जाँदै गरेको बताए। ‘बिद्यमान राज्य व्यवस्थाका कारण मुलुक कतै असफलताको दिसातर्फ जाँदै गरेको होकी भन्ने भान हुन थालेको छ’, अध्यक्ष थापाले भने ‘यसमा सरकार र सरकारको नेतृत्वकर्ता दल सबैभन्दा बढी जिम्मेवार र सम्बेदनशिल हुनुपर्छ।’

प्राविधिक र संख्यागत रुपमा राजसंस्था अन्त्य भएको भनिएपनि व्यवारहत राजसंस्थाको आवश्यकता झल्कदै गएको थापाको भनाई थियो। थापाले नेपालको एकताको प्रतिक शाहवंशिय परम्परा र मान्यता अनुसारकै उत्तराधिकारी रहने राजसंस्था सहितको लोकतन्त्रले मात्र मुलुकलाई निकास दिने भन्दै राजसंस्थाको खुलेर वकालत गरेका छन्। धर्म निरपेक्षताको आडमा जबरजस्त रुपमा भइरहेको धर्म परिवर्तनको श्रृंखलाले अहिलेसम्म कायम रहेको सामूहिक सद्भाव खल्बलिने र मुलुक गंभिर धार्मिक द्वन्दमा फस्ने सम्भावना औंल्याए।

उनले सरकारको सुरक्षा निरिहताका कारण बिखण्डनकारी शक्तिको मनोबल उच्च बनेको पनि बताए। शान्ति सुरक्षा बिग्रदो अवस्थामा रहेको भन्दै थापाले हत्या, हिंसा र बलत्कारका घटना नियन्त्रण गर्न सरकार असफल भएकोले जनताले बिश्वास गरेको दिएको मतको अवमूल्यन हुन लागेको समेत दावी गरे। यो अवस्था लामो समयसम्म कायम रहेमा जनताको धैर्यता गुम्नेतर्फ गम्भिर बन्न थापाले सरकारको ध्यानाकर्षण समेत गरेका छन्।

सरकारले देशको अर्थतन्त्र सुदृढ बनाउने, आर्थिक विकासका कार्यलाई द्रुत गतिमा अघि बढाउने तथा गरिवी निवारण र बेरोजगारी समस्या समाधानका लागि कुनै ठोस र प्रभावकारी योजना अघि नर्सानुले जनतामा निरासाको बादल मडारिन थालेको थापाको भनाई थियो। बिद्यमान नीतिगत व्यवस्था परिवर्तन गर्दै राजसंस्था सहितको लोकतन्त्र तथा धर्म राष्ट्र निर्माणको पक्षमा जनतमत सृजना गर्न समान बिचार भएका शक्तिसँग पार्टी एकताको प्रयास चलिरहेको बताए। थापाले सबैभन्दा पहिलो प्राथमिकता बिगतको राप्रपालाई एक गर्ने र पार्टी छाडी अन्य दलमा प्रबेश गरेकालाई पुनः पार्टीमा फर्काउने रहेको बताए।

उनले हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि देशैभर हिन्दु राज्य पुनरजागरण अभियान सञ्चालनको तयारी गरिएको जानकारी दिए। राप्रपाले आगामी एकबर्ष भित्र कम्तिमा ५० हजार संगठित पार्टी सदस्य थप गर्ने योजना बनाएको बताउँदै उनले केहिदिन भित्रै राष्ट्रिय स्वाभिमान यात्राको थाल्ने जानकारी दिए। प्रतिनिधिसभाका पार्टीका तर्फबाट निर्वाचित एकमात्र सांसद तथा पार्टीका बरिष्ठ नेता राजेन्द्र लिङ्देन सहितका नेताका साथ पूर्वी नेपालको भ्रमणमा रहेका नेता थापाले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको भोगेको नराम्रो पराजयको परिणाम पार्टीको संगठन बिस्तारका लागि सिकाईको बिषय रहेको औंल्याए।

प्रकाशित: १७ कार्तिक २०७५ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App