१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समृद्धिका लागि एग्रो टुरिजम विकास गर्छौ : मुख्यमन्त्री पौडेल

फाइल तस्बिर

मकवानपुर - तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफुहरुको एउटै अठोट, संकल्प नेपाल र प्रदेशलाई समृद्ध बनाएरै छोड्ने रहेको बताएका छन्। मकवानपुरको उत्तरी क्षेत्र स्थित प्रमुख पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा शनिबार तेस्रो थाहा महोत्सव उद्घाटन गरेपछि उनले समृद्धीका लागि कृषि र पर्यटनलाई जोडेर एग्रो टुरिजमको विकास गरिने बताए।

केन्द्र, प्रदेश र स्थानीयगरी तीनवटै सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना बोकेर अगाडी बढेको बताउँदै उनले भने, ‘मकवानपुरको उत्तरी क्षेत्रलाई प्रदेशकै उत्कृष्ट पर्यटन गन्तब्यको रुपमा विकास गर्छौ, थाहा नगरपालिका अत्यन्तै भविष्य राम्रो र धेरै सम्भावना बोकेको क्षेत्र हो।’ थाहा नगरपालिका, ईन्द्रसरोबर र भीमफेदी गाउँपालिकालाई जोडेर एकीकृत रुपमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री पौडेलले खुलासा गरे।

महोत्सवमा ६ करोडको कारोबार हुने
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको ईन्द्रायणी चौरमा आयोजित थाहा महोत्सवमा करिब ६ करोड रुपैयाँको कारोबार हुने अनुमान अायाेजकले गरेकाे छ। थाहा नगर उद्योग बाणिज्य संघद्वारा आयोजित नौ दिन सञ्चालन हुने महोत्सवमा दुईसय २४ स्टल रहेका छन्। कात्तिक १८ गतेसम्म चल्ने महोत्सवमा ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मेला आयोजक थाहा नगर उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले बताए। 

प्रकाशित: १० कार्तिक २०७५ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App