संस्कृति

शक्ति दिने वाख्यै वाख्यै

शनिबार, १० कार्तिक २०७५, ०९ : ४८ शिवहरि घिमिरे  | @shivsamir

‘वाख्यै डुङडुङ हो ! वाख्यै–वाख्यै हो !’–दसैं सुरु भएयता पश्चिम क्षेत्रका मन्दिर र शक्तिपीठ यस्तै भाका/शब्दले गुञ्जित हुन्छन् । पञ्चेबाजासहितको सराय नाचले सबैतिर रौनकता बढाउँछ । दसैं मान्न घर फर्किएकाहरू यहीँ नाचको पखाईमा रहन्छन् । सरायनाच हेरेपछि मात्रै घर फर्किएकाहरु आफ्नो कामकाजतिर लाग्छन्।

हात हतियार उचालेर नाचिने यो नाचको लोकप्रियता बढ्न थालेको छ । थोरै जिल्लामा मात्रै सिमित नाच पछिल्लो समय अन्य जिल्लाका शक्तिपीठमा पनि प्रदर्शन गर्न थालिएको छ । पश्चिमी क्षेत्रका गुल्मी, अर्घाखाची, पाल्पा, रोल्पा, दाङ, कपिलवस्तु, बाग्लुङ, स्याङ्जा प्युठानलगायतका जिल्लामा यो नाच निकै प्रसिद्ध मानिन्छ।

बाजासहितको तालमा वाख्यै–वाख्यै भन्दै युवा र बुढापाका खुँडा र ढाँड जुधाएर नाच्ने गर्दछन् । खुँडा नचाउँदा रमाइलो हुनुका साथै आफूसँग भएको साहसिक कला प्रदर्शन गर्न सकिन्छ भन्ने मान्यता छ । यो नाच विजयादशमीको भोलिपल्टदेखि पूर्णिमासम्म नाचिने प्रचलन छ । वाख्खै–वाख्खैको आवाज र शक्तिपीठबाट निकालिएका हात हतियारले धेरैको ध्यान खिच्ने गरेको छ । ऐतिहासिक नाच हेर्न विदेशी पर्यटक समेत आकर्षित हुने गरेका छन्।

‘सरायको अर्थ चुचुरो (डाँडा माथिको समथर भाग) भन्ने बुझिन्छ । चुचुरोलाई कोट पनि भन्ने प्रचलन छ । ती कोटमा शक्तिपीठका मन्दिर र ऐतिहासिक हातहतियारको भण्डार गरिएको मान्यता छ । पश्चिम क्षेत्रमा केही जिल्लाका अग्लो स्थानमा रहेका मन्दिरमा अझ विशेष ढंगले सराय नाच मनाउने गरिन्छ।’

विजया दशमीको दिनदेखि यी जिल्लाका मन्दिर र शक्तिपीठहरूमा सराय नाच देखाउन सुरु गरिन्छ । संस्कृतिकर्मी जग्गनाथ भूसालको अध्ययनमा राक्षशी प्रवृतिमाथि दैवी शक्तिको विजयी भएको उपलक्ष्यमा यो नाच मनाउन सुरु गरिएको हो । ‘वाख्यै डुङडुङ ह !’ को अर्थ– पनि जिययी र नछोड भन्ने हो । जानकारहरूका अनुसार ‘वाख्खै’ मगर समुदायभित्र प्रयोग हुने शब्द हो।

देवीले मैसासुरको वध गरेपछि त्यसलाई विजय प्रतिकका रुपमा लिँदै देवीको गुणगान गाउँदै यो नाच मनाउन थलिएको किंवदन्ती छ । भूसालका अनुसार अर्घाखाँचीको अर्घामा रहेको भगवती मन्दिरमा अष्टमीको राती देवीको कालरात्री पूजा हुन्छ । त्यो दिनलाई देवी उत्पत्ति भएको दिन मानिन्छ । देवी उत्पत्ति भएपछि ३३ कोटी देवताले आफूसँग भएको हात हतियारसहित विजयी उत्सव मनाएको धार्मिक मान्यता छ।

दशमीकै अवसरमा अर्घाको भगवती मन्दिरको एक कुनामा माटाका विभिन्न आकृति बनाइन्छ । तरबार समाएको राक्षस, घोडा, मैसासुर लगायतको आकृति बनाउने प्रचलन छ । ती आकृतिमा देखिएका सबै मैसासुरका फौज हुन् भन्ने मान्यता छ । दसैंको दिन ती आकृति काट्ने परम्परा छ । ‘राक्षस भनेर ती सबै आकृति काढ्ने गरिन्छ,’ संस्कृतिकर्मी भूसालले भने, ‘रथयात्रा, सरायनाच लगायत गतिविधि गर्दै पूर्णीको दिन देवीलाई विर्सजन गरिन्छ।’

उनका अनुसार सराय नाचको क्रममा बीच–बीचमा आलम राखिन्छ । आलमलाई देवीका झण्डाका प्रतिकका रुपमा लिइन्छ । आलम चार, पाँच, सात र नौ वटी हुने गर्दछन् । ती आलम शक्ति पीठ अनुसार घटबढ हुन्छन् । अर्घाको भगवती मन्दिरमा चारवटा आलम निकाल्ने प्रचलन छन् । पूर्णीमाको दिन आलम सेलाएपछि देवीलाई पनि विसर्जन गर्ने धार्मिक मान्यता छ।

सुपा देउराली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रितम् थापाले पछिल्लो समय युवा पुस्ताले भने यो नाचलाई वेवास्ता गरेको बताए । ‘पुरानो पुस्ताले निकै रोमाञ्चक र साँस्कृतिक ढंगले मनाउने गरेको यो नाचप्रति पछिल्लो पुस्ताको क्रेज त्यति देखिन्न,’ उनले भने, ‘त्यसकारण केही जिल्लामा सिमित रहेको मौलिक नाचलाई सरोकारवाला निकायले पनि चासो दिन जरुरी छ।’

उनका अनुसार सरायको अर्थ चुचुरो (डाँडा माथिको समथर भाग) भन्ने बुझिन्छ । चुचुरोलाई कोट पनि भन्ने चलन छ । ती कोटमा शक्तिपीठका मन्दिर र ऐतिहासिक हात–हतियारको भण्डार पनि हुने गरेको मान्यता छ । त्यसैले पनि अग्लो स्थानमा रहेका मन्दिरमा अझ विशेष ढंगले सराय नाच मनाउने गरिन्छ । अर्घाखाँची जिल्लामा पर्ने खाँचीकोट र अर्घामा विशाल सरायनाच हुन्छ । यहाँ थरी–थरीका समुदायबाट देवीरुपी सराय नाच प्रदर्शन गरिन्छ । ‘सराय नाच एक साँस्कृतिक मेला पनि हो, यो यतिबेलादेखि नै चलेको हो भन्ने प्रमाण छैन, तर दशै मनाउने क्रमको विकाससँगै पश्चिम क्षेत्रमा यो नाच देखाउन थालिएको किंवदत्ती भेटाउन सकिन्छ,’ समितिका अध्यक्ष थापाले भने।

सराय नाच हेर्न स्वदेशी तथा विदेशी पर्यटक पनि झुम्मिन थालेका छन् । बाहिरी पर्यटकको उपस्थितिले केही जिल्लामा सिमित यो नाचको चर्चा बढ्न थालेको छ । जिल्ला–जिल्लाका शक्तिपीठमा यसको अभ्यास पनि बढ्दो छ । इतिहासलाई हेर्दा पाल्पा, गुल्मी, अर्घाखाची र प्युठानमा भुरे–टाकुरे राजाहरु बस्थे । ती राजाको पालामा यी जिल्लालाई ऐतिहासिक र सांस्कृतिक राज्यको रुपमा लिइन्थ्यो । त्यतिबेला राजाहरूले स्थापना गरेका शक्तिपीठ, कोट र मन्दिरमा विजया दशमीको बेला सराय नाच देखाइन्छ । यो इतिहास पृथ्वीनारायण शाहले राज्य एकिकरण गर्नुपूर्व नै रहेको केही बुढापाकाको भनाई छ।

खाँचीकोटका स्थानीय रत्न थापाका अनुसार कोटनजिकै रहेको सरायमा विजयात्सवको नाच खेलिने भएकाले यस नाचलाई सराय नाच भन्ने गरिएको हो । सरायको अर्थ यात्री बस्न वा विश्राम गर्न अग्लो ठाउँमा बनाइएको सत्तल पनि मान्ने गरिन्छ । दसैंको बेला मन्दिरभित्रका खुकुरी, तरवार, खड्क, हसियाँ, भाला आदि हतियार हातमा लिएर नचाउँदै बाजाको तालमा नाच्ने गरिन्छ।

‘खाचीकोट दरबारका राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसँग विवाह भएको थियो,’ उनले सुनाए, ‘त्यसबेलादेखि खाचीकोटको दरबारलाई विशेष महत्वका रुपमा लिइन्छ ।’ उनका अनुसार चन्द्र प्रभावतीले पृथ्वीनारायणलाई राजकीय विधि, शासनको पद्धति, हतियार सञ्चालन र बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्ने सम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरण गरेको इतिहास छ । यसलाई पछिल्लो पुस्ताले ऐतिहासिक संस्कृतिका रुपमा लिएका छन् । यसबाहेक केही जिल्लामा  खड्ग जुधाउने परम्परा, पञ्चबलि प्रथा पनि लोकप्रिय नै छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad