१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मन्थली सोलखुम्बुु जहाजमा यात्रा गर्ने पर्यटक बृद्धि

रामेछाप – नियमित उडान नहुँदा प्राय सुनसान रहने मन्थली विमानस्थलमा यतिबेला आन्तरिक र वाह्य पर्यटकको चहलपहल बढेको छ। उनीहरु जिल्लाको पर्यटनका लागि नभइ मन्थलीदेखि सोलुखुम्बुको उडनका लागि पर्यटकहरु मन्थली आउदा विमानस्थलमा दैनिक सयौको संख्यामा पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

प्राइभेट विमान कम्पनीले काठमाडौंका विमानस्थलमा भिडभाड बढी हुने र हवाइ ट्राफिक जाम हुने भएपछि काठमाडौं विकल्पका रुपमा मन्थली विमानस्थललाई प्रयोग गर्न थालेपछि असोज महिनादेखि नै हालसम्म पर्यटकहरुको चाप बाक्लै हुने गरेको छ। सोमबार मात्र मन्थली विमानस्थलबाट सोलुखुम्बुका लागि २४ वटा फ्लाइटबाट ३ सय २९ जना पर्यटकहरु उडेको मन्थली विमानस्थलका एटीसी केदार सत्यालले जानकारी दिए। 

असोज महिना लागेदेखि हालसम्म नै पर्यटकहरुको चाप दैनिक हुने गरेको सत्याल बताउछन्। उनले दिनमा न्युनतम पनि १०/१२ वटा उडान सोलुका लागि हुने गरेको जानकारी दिए। सिता र तारा एयरलान्सले काठमाडौंदेखि सोलुखुम्बुको उडानका लागि पर्यटकहरु सडक मार्ग हुँदै मन्थली पु-याएर मन्थली विमानस्थलबाट मात्र सोलुका लागि उडान गर्न थालेपछि यतिबेदला मन्थली विमानस्थलमा चहलपहल बढन थालेको छ। काठमाडौंबाट सोलुखुम्बुका लागि २ वटा फ्लाइट आवातजावत गर्दा त्यही समयमा मन्थली विमानस्थलबाट ५ वटा फ्लाइटले आवतजावत गर्ने मन्थली विमान्स्थलका कर्मचारीहरु बताउछन्। 

पछिल्लो समयमा आन्तरिक र वाह्य पर्यटकहरु सोलु र कतिपय सोलु हुँदै सगरमाथा आधार शिविरसम्म जानका लागि बाक्लै आउन थालेपछि विमान कम्पनीहरुले सुरक्षित र छोटो मानिने मन्थली विमानस्थललाई बढी प्रयोग गर्न थालेका छन्। मन्थलीबाट यात्रु लिएर उडेको विमान मौसमका कारण सोलुमा अवतरण गर्न नसक्दा फर्किएर बस्न छोटो पर्ने भएपछि विमान कम्पनीले सोलुका अधिकांश उडान मन्थली विमानस्थलबाट नै गराउन थालेका छन्। सोलुका खराब मौसमका कारण अवतरण गर्न नसक्दा कतिपय अवस्थामा पर्यटकहरुले मन्थलीमा नै रात विताउनु पर्दा मन्थली बजार र होटलहरुमा समेत पर्यटकको चहलपहल बाक्लै देखिने गरेको छ। 

हवाइ ट्राफिक जामको. झन्झटबाट मुक्ति र प्राय चौवीसै घण्टा मौसमले साथ दिने भएपछि सोलुका लागि उडान गर्ने प्राइभेट विमान कम्पनीको उत्कृष्ठ रोजाइको रुपमा मन्थली विमानस्थल पर्न थालेको छ। मन्थली विमानस्थलमा एकैसाथ ६ वटासम्म साना विमान अवतरण गरेर पार्क गर्न सकिने विमानस्थलका एटीसी केदार सत्याल बताउछन्।  कहिले काही त सोचे भन्दा बढी बढी यात्रु आउँदा समस्या नै पर्ने गरेको सत्याल सुनाउँछन्। 

विमानस्थलमा टर्मिनल भवन सानो भएकाले धेरै यात्रु आउँदा निकै समस्या परेको सत्यालले बताए। कतिपय अवस्थामा भने अन्तको उडान समेत विविध कारणले डाइभर्ट हुँदा पनि मन्थली विमानस्थलमा अत्यधिक प्रयोग हुने गरेको मन्थली विमानस्थलमा रहेका तारा एयरलाइन्सका कर्मचारी प्रविण सुवेदीले बताए। पर्यटकका लागि विमानस्थल प्रयोग भएको भएतापनि जिल्लाबासीको हकमा भने सोचे अनुसारको उडान भने हुन नसकेको उनले बताए। 

नेपाल आयल निगमले विमानस्थलमा नै विमानका लागि रिफ्युलिङ सेन्टरको स्थापना गरिदिएको छ। अघि पछि छिटफुट रुपमा रिफ्युलिङ हुने गरेको भएता पनि यतिबेला भने रिफ्युलिङ सेन्टर समेत राम्रै रुपमा संचालनमा आएको छ। 

करिब महिना दिन यता नीजि विमान कम्पनीले पर्यटक लक्षित गरे विमान उडाएका भएता पनि जिल्लाका सर्वसाधारण लागि निजी विमान कम्पनीहरुको सेवा प्रभावकारी बन्न सकेको छैन। विमान कम्पनीले सर्वसाधारणलाई लक्षित गरेर भने विमान उडाउन सकेका छैनन्। 

विमानस्थल संचालनको शुरुवातका दिनमा तत्कालिन शाही नेपाल बायु सेवा निगमको नियमित उडान हुने र त्यसबेला टिकट पाउन समेत मुस्किल हुने गर्दथ्यो। पछिल्ला दिनहरुमा जिल्लामा सडक संजाल जोडिए पछि सर्वसाधरण आपतकालिन अवस्था बाहेक विमानमा यात्रा गर्न छाडेपछि यात्रु नभएको भन्दै वायु सेवा निगमले उडान बन्द ग-यो। उडान बन्द भएको केही समय पछि मन्थली विमानस्थलबाट आफ्नो कार्यलय समेत उठाएर लगे पछि निकै लामो समय सुनसान बनेको मन्थली विमानस्थलमा जिल्लाका नेता र अगुवाहरुको पहलमा तारा एयरलाइन्सले साप्ताहिक रुपमा सर्वसाधारण बोक्ने गरी काठमाडाैं मन्थली उडान हालेको भएता पनि उसले समेत उक्त सेवालाई नियमित दिन सकेन। 

ताराले समेत जिल्लाबासीका लागि दिने सेवा बन्द गरेपछि सेवा ठप्प नै बनेको थियो। तर पछिल्लो केही दिन यता नीजि विमान कम्पनीहरुले काठमाडौं मन्थलीका लागि नियमित उडानका तालिका राखेको भएता पनि त्यो उडान भने अझै हुने सकेको छैन। काठमाडौं मन्थली उडानका लागि तारा, सिता र समिट एयरलाइन्सले तालिका सार्वजनिक गरेका थिए। विमान कम्पनीहरुले दुर्गम क्षेत्रका विमानस्थलमा उडान तालिका नराखी नेपाल नागरिक उड्डयन प्राधिकरणले सुगमका विमानस्थलमा उडान गर्न नदिने भएपछि कागज देखाउन लागि भएपनि तालिका सार्वजनिक मात्र गरेको प्रस्ट भएको छ। प्राधिकरणले दुर्गममा उडान गरेको संख्याका आधारमा सुगममा उडान गर्न दिने प्रावधानका कारण प्राय अधिकांश विमान कम्पनीहरुले देखाउनका लागि भए पनि यस्तो कागजी प्रक्रिया मात्र पुरा गर्ने तर व्यवहारमा त्यसो हुन नसकेको बताइएको छ।

काठमाडौंबाट पूर्वी पहाडी क्षेत्रको नजिकको विमानस्थलको रुपमा रहेको मन्थली विमानस्थलमा नियमित यात्रु लक्षित गरेर केही बर्षदेखि उडान भने हुन सकेको छैन। कालोपत्रे समेत रहेको सो विमानस्थलमा नियमित उडान हुने पर्ने माग स्थानियले गरेका छन्। जसकालागि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको जिल्लाबासीहरुले बताउँदै आएका छन् भने सोही अनुसारको समन्वय समेत पटक–पटक हुँदा पनि उडान भने नियमित हुन सकेको छैन। मन्थली विमान स्थल आसपास उडान गर्दा उडानका क्रममा हुने सबैखाले अनुभव गर्न सकिने भएकाले पछिल्लो समय मन्थली विमानस्थललाई सिकारु चालकहरुले प्रयोगात्मक अभ्यास समेत गर्ने गरेका छन्।

प्रकाशित: ६ कार्तिक २०७५ १५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App