रसुवामा लक्ष्यको तुलनामा ४ सय प्रतिशत राजस्व

मङ्गलबार, ०६ कार्तिक २०७५, ०९ : ५६ हिमनाथ देवकोटा

रसुवा – रसुवागढी भन्सार कार्यालयले असोजमा लक्ष्यभन्दा करिब चार सय प्रतिशतले बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा दुई अर्ब ३२ करोड ६९ लाख ७६ हजार राजस्व संकलन गरेको हो । यो लक्ष्यको तुलनामा तीन सय ८७.२२ प्रतिशत बढी हो । कार्यालयका अनुसार असोजमा ६० करोड नौ लाख ३८ हजार राजस्व उठाउने लक्ष्य थियो।

चालु आर्थिक वर्ष २०७५–०७६ को पहिलो दुई महिना लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको थिएन । साउन महिनामा लक्ष्यको ५२ प्रतिशत र भदौमा ३१.६१ प्रतिशत राजस्व संकलन गरेको थियो । साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकोमा २६ करोड चार लाख ७७ हजार उठेको थियो । भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकोमा २९ करोड १५ लाख ७९ हजार मात्रै उठेको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई अर्ब दुई करोड ४३ लाख ७६ हजार लक्ष्य थियो । लक्ष्यभन्दा एक सय ४२.२२ प्रतिशत राजस्व उठिसकेको भन्सार अधिकृत तथा सूचना अधिकारी धर्मराज सुवेदीले बताए । तीन महिनामा दुई अर्ब ८७ करोड ९० लाख ३२ हजार असुली गरिसकेको उनले बताए । कार्यालयले वार्षिक लक्ष्यको ४० प्रतिशत राजस्व असुली गरिसकेको छ।

कार्यालयलाई यो वर्ष सात अर्ब १५ करोड ६२ लाख ५५ हजार राजस्व असुल्ने लक्ष्य दिइएको छ । वर्षाको समयमा बाढी–पहिरोले एक महिनासम्म सडक अवरुद्ध गर्दा घाटा बेहोरेको कार्यालय सन्तुलनमा आइसकेको छ । तिहार तथा जाडो मौसमका लागि आवश्यक पर्ने सामग्री चीनबाट आयात भइरहेको सूचना अधिकारी सुवेदीले बताए । नेपालतर्फको सडक जीर्ण भएका कारण हल्का तथा नफुट्ने सामग्री आयात भइरहेको छ । जाडो मौसम सुरु भएकाले जाडो मौसमका लागि कपडाको आयात पनि बढेको छ।

चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी मात्रै सञ्चालनमा रहेकाले यहाँ व्यापारिक कारोबार बढेको छ । रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ । चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता, चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामान आयात हुने गरेको छ।

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायतका वस्तु निकासी भइरहेको छ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दुरी पार गर्नुपर्छ।








यसमा तपाईको मत

अन्य समाचार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

Ncell Footer Ad