१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

#MeToo पछि सुरु हुँदै #MenToo अभियानः पुरुषमाथि महिलाले गरेको हिंसा बाहिर आउने

नयाँ दिल्ली- भारतमा मि टु अभियानले ठूला कलाकारदेखि राजनीतिज्ञसम्मको यौन दुर्व्यवहार घटना बाहिर ल्याइरहेका बेला मेन टु आन्दोलनको सुरुवात गरिएको छ। १५ जनाको एक समूहले कर्नाटक राज्यको बेंगलोरबाट सुरु गरेको यो अभियानले महिलाबाट पुरुषमाथि भएको यौन शोषणका घटनालाई बाहिर ल्याउने र पीडित पुरुषहरु खुलेर बोल्न सक्ने बताइएको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार यो समूहमा फ्रान्सका एक पूर्व राजनीतिज्ञ पनि आबद्ध छन्। जसलाई २०१७ मा यौन उत्पीडनको एक मुद्दामा अदालतले सफाई दिएको थियो।

मेन टु आन्दोलनको सुरुवात गैर सरकारी संगठन चिल्ड्रन्स राइट्स इनिशिएटिभ फर शेयर्ड पेरेंटिंग (क्रिस्प)ले गरेको हो। राष्ट्रिय अध्यक्ष कुमार बी ले आफूहरुको समूह लैंगिक तटस्थ कानूनका लागि लड्ने बताए। उनले मि टु अभियानअन्तर्गत झुठो आरोप तथा मुद्दा लगाउनेलाई कारवाही हुनुपर्ने माग गरे।

मि टु एउटा राम्रो आन्दोलन भएको भन्दै झुठा आरोप लगाएर कसैलाई फसाउनका लागि यसको दुरुपयोग गर्न नहुने उनको भनाई छ। तर पछिल्लो समय यो आन्दोलनको परिणाम समाजमा जीवनभर मेहनत लगाएर कमाएको मानिसको मान प्रतिष्ठालाई धुमिल बनाउने हतियारका रुपमा देखिएको छ’, उनले भने। 

अध्यक्ष कुमारले मि टु अभियानमा पीडितहरु वर्षाैपहिले भएको यौन उत्पीडनको कुरा उठाइरहेको भन्दै यदि यौन उत्पीडनको घटना सत्य हो भने पीडितले सामाजिक सञ्जालमा लेख्नुभन्दा कानुनी कारवाहीको सहारा लिनुपर्ने सुझाव दिए।

मेन टु आन्दोलनको शुभारम्भका अवसरमा बोल्दै फ्रान्सका पूर्व राजनीतिज्ञ पास्कल मजूरियरले मेन टु आन्दोलन मि टु अभियानलाई जवाफ दिनका लागि नभएको स्पष्ट पार्दै यसले जो महिलाको अत्याचारविरुद्ध बोल्न सक्दैनन् ति पुरुषको समस्या समाधान गर्ने बताए। पास्कल पत्नी पीडित हुन। उनीमाथि उनकी पत्नीले छोरीमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन। यद्यपी अदालतले यो कुरालाई खारेज गरिसकेको छ। 

पास्कलले भने, ‘पुरुषहरुसँग असली दुःख छ। उनीहरु पनि पीडित छन्। तर उनीहरु महिला र आफ्ना दुराचारीविरुद्ध खुलेर बोल्न सकेका छैनन्। हामी महिलाहरुको सुरक्षाका लागि कानून बनाउँछौं। यो राम्रो कुरा हो, तर हामीलाई भुल्न हुँदैन कि मानवताको आधा हिस्सा पुरुष पनि हो।’ 

प्रकाशित: ५ कार्तिक २०७५ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App