रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने

शुक्रबार, ०२ कार्तिक २०७५, २० : ३६ एजेन्सी

सोची – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन्। रुस र चीनका साझा चासोका विषयहरूको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरूको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेका हुन्।

रुस र चीनबीचको साझा चासोका साथै क्षेत्रीय विकास र विश्व शान्तिका लागि रुसले चीनसँग थप समझ्दारीका साथ अघि बढ्न चाहेको उनले बताए। चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरो सदस्य याङ जेइचीसँग हिजो रुसमा भएको भेटवार्तापछि उनले यस्तो धारणा राखेका हुन। रुस र चीनबीचका सबै साझा सहमति र समझ्दारीहरूको कार्यान्वयन भइरहेको बताउँदै उनल भने, हामी चीनसँग सबै तह र क्षेत्रमा नजिकको सम्वाद चाहन्छौँ र यसमार्फत थप समझ्दारीहरू विकसित हुदै जाउन भन्ने चाहन्छौँ।

त्यस अवसरमा राष्ट्रपति पुटिनले गत सेप्टेम्बर महिनामा रुसको भ्लादिभोस्तोकमा सम्पन्न इस्टर्न इकोनोमिक फोरममा सहभागी भएकोमा चिनियाँ राष्ट्रपति सि चिनफिङप्रति धन्यवाद पनि ज्ञापन गरे। त्यस फोरममा दुवै देशका राष्ट्रपतिले आफ्नो द्धिपक्षीय हित, चीन र रुसबीचको साझा चासोका साथै आपसी समझ्दारी र क्षेत्रीय शान्ति र समृद्धिका क्षेत्रमा पनि महत्वपूर्ण कुराकानी गर्नुभएको याङले बताए। 

त्यस फोरममा सहभागिताका क्रममा उनीहरूबीचको भेटका क्रममा दुई देशको आपसी विषयका साथै दुई देशले संयुक्त रुपमा गर्ने भनिएका उर्जा, कृषि, विज्ञान तथा प्रविधिजस्ता साझा आयोजनाको सशक्त कार्यान्वयनका बारेमा पनि कुराकानी भएको याङले जानकारी दिए।

साथै त्यस अवसरमा आगामी वर्ष मनाउन लागिएको चीन रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको कार्यक्रमलाई थप भव्य बनाउन उच्चस्तरीय कार्यक्रमहरुको आयोजना गरिने विषयमा पनि कुराकानी गर्नुभएको जानकारी दिए। 

 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad