१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

मस्को - रुसकाे राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त भएका छन्। थुनामुक्त भएका नाभाल्नीले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ता पूर्णरुपमा पतनको स्थितिमा पुगेको बताए। नाभाल्नीले मस्कोको गुप्तचर निकाय विदेशमा असफल भइसकेको तथा स्वदेशमै समेत रुसी अन्तरिक्ष यानको प्रक्षेपण असफल भएको बताए। अाफुलार्इ सहयाेग गर्नेहरुलार्इ धन्यवाद व्यक्त गर्दै नाभाल्नीले भने 'कसै कसैले गिरफ्तार गरेर हामीलाई तर्साउन वा रोक्न सकिन्छ भन्ने सोचेका होलान् त्यो कदापी सम्भव छैन।'

रुसी सत्ताको विरोधमा प्रदर्शन गरेकाे भन्दै नाभाल्नीलाई यसअघि ३० दिन थुनामा राखिएको थियो, तर थुनामुक्त भएलगत्तै प्रहरीले उनलाई अर्को प्रदर्शनको अभियोगमा गिरफ्तार गरेको थियो। अवकाश उमेर वृद्धि गर्ने क्रेमलिनको योजनाको विरोधमा पछिल्लो प्रदर्शन आयोजना गरिएको थियो।

प्रकाशित: २८ आश्विन २०७५ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App