१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा प्रदेश सांसद घाईते

उदयपुर - उदयपुरका प्रदेश सांसद नारायण बुर्जामगर दुर्घटनामा परी घाईते भएका छन्। शुक्रबार राति उनी सवार मोटरसाईकल अर्काे मोटरसाईकलसँग ठक्कर खाँदा ५४ वर्षीय मगर घाईते भएका हुन्। स४प ४९१६ नं. को मोटरसाईकलमा बजारदेखि घरतर्फ जाँदै गरेका मगर सवार माेटरसाइकल बिपरित दिशाबाट आईरहेको बा ४० प ७८६ नं. को मोटरसाईकलसँग ठक्कर खाएकाे थियाे। सांसद मगरको बाँया खुट्टाको माईली औंला भाँच्चिनुका साथै दुवै घुँडा र दुवै हातमा चोट लागेको छ भने टाउकोमा हल्का चोट लागेको आफन्त दुर्गा मगरले बताए।

मगरको उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि शुक्रबार राति नै विराटनगर रेफर गरिएको अस्पतालका डा. विशाल देवले बताए। दुर्घटनामा परी प्रहरी नियन्त्रणमा रहेका अर्का मोटरसाईकल चालक रौतामाई गाउँपालिका ४ का २७ वर्षीय मोहन राउत पनि सामान्य घाईते भएका छन्। उनलाई पनि जिल्ला अस्पतालमै उपचार गरिएको र स्थिति सामान्य रहेको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। 

प्रकाशित: २७ आश्विन २०७५ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App