१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालीगण्डकी करिडोरको रिडी–राम्दी ट्रयाक खुलेन

कालीगण्डकी कोरिडोर अन्तर्गत पाल्पाको रिडी–राम्दी खण्ड । तस्बिरः मुक्तिप्रसाद/नागरिक

पाल्पा – कालीगण्डकी कोरिडोर अन्तर्गत पाल्पाको रिडी–राम्दी खण्डमा ट्रयाक खोल्ने काम हुन सकेको छैन। जसका कारण सम्पूर्ण करिडोर सडकमा सवारी साधन गुड्न पाएका छैनन्। सवारी साधन चलाउनै नसकिने गरी खनेको ट्रयाक क्षेत्रमा पहिरो खसेको छ। बाटो चौडा गर्ने काम भएको छैन। पहिरो हटाइएको छैन।

तानसेन नगरपालिका १३, रानीमहलदेखि अर्गली जोड्ने सडकमा एक सय मिटर भीरमा ट्रयाक खोल्न बाँकी छ। करिडोरकै दैलातुङ–दरपुक सडक खण्डमा पनि ट्रयाक खुल्न सकेको छैन। यस्तै बगनासकाली गाउँपालिका–६, मन्द्रानमा ५ सय मिटर ट्रयाक खोल्ने काम बाँकी रहेको हो।

सांसद बहादुरसिंह लामाको कम्पनी हिमदुङ् एण्ड ठोकर कन्स्ट्रक्सन प्रालिले काम नगर्दा ट्राक खोल्ने काम अगाडि नबढेको हो। हिमदुङले ठेक्का पाएको ६ वर्षसम्म भयो। अहिलेसम्म काम नगरी अलपत्र छाडेको छ। जसका कारण कालीगण्डकी करिडोर अन्तर्गतको लोकमार्ग आयोजनाको ट्रयाक खुल्न सकेको छैन। हिमदुङ् एण्ड ठोकर कन्स्ट्रक्सन प्रालिले २०६९–७० मा लिएको ठेक्काको काम अझै सकिएको छैन।

आयोजना कार्यालयका अनुसार ५२ प्रतिशत काम गर्न बा“की नै छ। अहिले काम अलपत्र छाडिएको छ। सडक चौडा गर्ने र ट्रयाक खोल्ने काम बा“की नै छ। करिडोरको छेर्लुङ रानीमहलदेखि दैलातुङ्सम्म ट्रयाक खोल्ने काम हिमदुङ् एण्ड ठोकर कन्स्ट्रक्सन प्रालिले लिएका थिए। ८५ लाखको ठेक्काको काम २०७० को जेठ महिनामै  सक्नुपर्ने थियो। तर अहिलेसम्म ट्रयाकसमेत नखोली अलपत्र छ।

आयोजना प्रमुख कृष्ण खड्काले भन्छन्, ‘सांसदलाई कालौसूचिमा राख्न नसकिएकै हो। सुरुकै ठेक्का भएको र विभिन्न कारणले गर्दा काम गराउन सकिएन।’ कालीगण्डकी लोकमार्ग आयोजनाका अनुसार ग्याभिएन वाल, १० मिटर चौडा लगायत स्तरोन्नतिको काम गर्नुपर्ने ठेक्का सम्झौतामा छ। ‘अहिलेसम्म ठेक्का सम्झौता अनुसार ट्रयाकसमेत खुलेको छैन,’ आयोजनाका निमित्त प्रमुख तथा इन्जिनियर खड्काले भने, ‘पूरानो ठेक्का हो तर अहिलेसम्म काम हुन सकेको छैन।’

बगनासकाली गाउँपालिका–६, यम्घाका वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले भीर र ढुंगे चट्टान भएकाले ट्रयाक खुल्न नसकेका बताए।  उनी भन्छन्, ‘वर्षौदेखि ट्रयाक खन्न सुरु गरेपनि जस्ताको तस्तै हुनु दुःखद पक्ष हो।’ सन्तोषी प्यासेफिक नेपाल प्रगति जेभीले यहा“ ठेक्का लिएको हो। ६ करोड ५५ लाखको ठेक्काको ४० प्रतिशत काम अझै बा“की रहेको कोरिडोर आयोजनाले जनाएको छ। दुई स्थानमा ट्रयाक नखुल्दा रिडीदेखि राम्दीसम्मको यात्रा गर्न नपाएको स्थानीय बासिन्दाहरुले गुनासो गर्दै आएका छन्।

प्रकाशित: २६ आश्विन २०७५ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App