१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रुटलाई मुक्ति देऊ : वार्न

लन्डन – अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्नले इङ्ल्यान्डले जो रुटलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यान बन्ने बाटो खुला गर्न उनीबाट कप्तानको जिम्मेवारी झिक्दै जस बट्लरलाई कप्तान बनाउनुपर्ने बताएका छन् । वार्नले कप्तानको जिम्मवारीबाट हटेपछि रुटले आफूलाई  विश्वकै उत्कृष्ट ब्याट्सम्यानका रूपमा उभ्याउनेमा कुनै दुबिधा नभएको बताए । साथै उनले बट्लर कप्तान बन्नका लागि लायक भएको पनि बताए।

वार्नले इन्डियन प्रिमियर लिगको टोली राजस्थान रोयल्सको प्रशिक्षण सम्हाल्दा बट्लर टोलीका सदस्य थिए । ‘मैले यो वर्ष केही समय बट्लरसँग काम गरेको थिएँ र मैले उनमा राम्रो कप्तानको क्षमता देखेको छु,’ वार्नले भने, ‘उनीसँग काम गर्दाको अनुभव राम्रो थियो । मैले उनलाई केही हदसम्म सहयोग पनि गरेको छु।’

आफ्नो अटोबायोग्राफीको प्रचारप्रसारमा रहेका वार्नले रुट उत्कृष्ट खेलाडी भए पनि उनले खुलेर प्रदर्शन गर्न नसकेको बताए । ‘रुट विश्वकै उत्कृष्ट ब्याट्सम्यान बन्न सक्छन् । किनभने उनले छोटो अवधिमै आफूलाई अब्बल खेलाडीका रूपमा उभ्याइसकेका छन्,’ वार्नले भने, ‘इङ्ल्यान्डले रुटलाई अझ उत्कृष्ट बन्नका लागि उनबाट कप्तानको जिम्मेवारी झिकेर बट्लरलाई  दिनु आवश्यक छ।’

‘रुटमा क्षमताको कमी छेैन,’ वार्नले थपे, ‘उनलाई कुनेै जिम्मेवारी नदिई ब्याटिङ लयमा मात्र ध्यान केन्द्रित गर्न दिएमा एक दिन उनले आफूलाई विश्वकै सर्वकालीन ब्याट्सम्यानको सूचीमा अटाउनेमा कुनै दुविधा छैन।’

प्रकाशित: २६ आश्विन २०७५ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App