अबुधाबी – ओपनर उस्मान ख्वाजाको शतकप्रेरित अस्ट्रेलियाले बिहीबार पाकिस्तानविरुद्धको पहिलो टेस्ट बराबरीमा टुंग्याएको छ।
१३६–३ बाट पाँचाैं तथा अन्तिम दिनको खेल सुरु गरेको अस्ट्रेलियाले ८ विकेट गुमाउँदै दोस्रो इनिङमा ३ सय ६२ रनमा दिनको खेल समाप्त भएपछि पहिलो टेस्ट बराबरीमा सकिएको हो । अस्ट्रेलियाले जितका लागि ४ सय ६२ रनको लक्ष्य पाएको थियो । अन्तिम दिन कप्तान टिम पायने अविजित ६१ र नाथन लियोन अविजित ५ रनमा खेलिरहेका थिए । १ सय ९४ बलको सामना गरेका पायनेले ५ चौका प्रहार गरे।
ख्वाजाले चौथो विकेटका लागि तार्भिस हेडसँग ८३ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ उकासेका थिए । ३ सय २ बल खेलेका ख्वाजाले ११ चौकाको मद्दतमा १ सय ४१ रन बनाउँदा १ सय ७५ बलको सामना गरेका हेडले ५ चौका मद्दतमा ७२ रन जोडे।
दोसो इनिङमा पाकिस्तानमा स्पिनर यासिर शाहले ४ र मोहम्मद अब्बासले ३ विकेट लिए । १ विकेट मोहम्मद हाफिजको नाममा रह्यो।
यसअघि ओपनर मोहम्मद हाफिजले आफ्नो पुनरागमन सुखद पार्ने क्रममा शतक प्रहार गरेपछि पहिलो इनिङमा ४ सय ८२ रन जोडेको पाकिस्तानले १८१–६ मा दोस्रो इनिङ समाप्तिको घोषणा गर्दै अस्ट्रेलियालाई जितका लागि ४ सय ६२ रनको लक्ष्य दिएको थियो । अस्ट्रेलिया पहिलो इनिङमा २ सय २ रनमा सीमित हुँदै २ सय ८० रनले पछि परेको थियो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत