१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कारको आरोपमा एक जना पक्राउ

रुकुम– रुकुम (पश्चिम)मा जबरजस्ती करणी गरेको अरोपमा एक जना युवा पक्राउ परेका छन्। रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका घर भई हाल मुसिकोट नगरपालिका–१ चन्दनाथ टोलमा कोठा लिएर बस्दै आएकी ३० वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। गत सोमबार राति करिब १२ बजेतिर घरमा बत्ती निभाएर ढोकाको चुकुल खोली घर्ती महिलाको कोठामा प्रवेश गरेर जबरजस्ती करणी गरेको प्रहरीको दावी छ।

जबरजस्ती करणी गरेर फरार भएका घर्तीलाई मंगलबार बिहान करिब साढे १ बजे पक्राउ गरिएको प्रहरीले बताएको छ। उनको साथबाट पीडित महिलाको नगद १६ हजार र एक सेट मोबाइल समेत बरामद गरिएको बिहीवार पत्रकार सम्मेलमा डिएसपी खड्काले बताए।

कोठामा प्रवेश गरेर घर्तीले महिलालाई कुटपिट गरेर हिड्न नसक्ने बनाएर बलात्कार गरेको पीडित महिलाले प्रहरी समक्ष दिएको जाहेरीमा उल्लेख छ। पक्राउ परेका घर्तीविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७५ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App