१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजेश हमाल भन्छन् : बालकले बालक भएर बाँच्न पाईरहेको छैन

सर्लाही-  नेपाली चलचित्र नायक राजेश हमालले नेपालमा बालबालिकाको अधिकार हनन् भईरहेको बताएका छन्। शनिबार साँझ हरिवनको घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहलाई सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै हमालले त्यस्तो बताएका हुन्। ‘एउटा बालकले बालक भएर बाँच्न पाईरहेको छैन’, उनले भने, ‘कतिपय बालबालिकाले उचित शिक्षादिक्षा पाउन सकिरहेका छैनन्।’ आर्थिक रुपले होस् वा सामाजिक परिवेशका कारण बालबालिकाले सहज रुपमा शिक्षादिक्षा नपाईरहेको हमालले बताए।

हामी सबैले बालबालिकालाई उचित शिक्षादिक्षाको अवसर दिलाउन सके मुलुकले भविष्यका कर्णधार पाउने हुँदा बालबालिकाको क्षेत्रमा ध्यान दिन हमालले आग्रह समेत गरे। बालबालिकाको उत्थान एवं सेवा गर्न पाउँदा आफूलाई अत्यन्त खुशी लाग्ने गरेको समेत उनले सुनाए। ‘४/५ वर्षअघि यसै बालगृहमा पुस्तकालय उद्घाटन गर्ने अवसर प्राप्त भएको थियो’, उनले भने, ‘आज फेरि थोरै भएपनि सहयोग प्रदान गर्ने कार्यक्रममा उपस्थित हुने अवसर प्राप्त गरेको छु, अत्यन्त खुशी लागेको छ।’

हमाल, नेपाली चलचित्र चिमुसीचीका निर्माता शिवराज कार्की, मदरल्याण्ड नेपाल युएसएका संस्थापक अध्यक्ष अनिल पाण्डे लगायतले केही दिनअघि युरोपका ८/९ देशमा घुमेर संकलन गरेको ७५ हजार रुपैयाँ बालगृहका अध्यक्ष सुरेन्द्र लामालाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा आएका मदरल्याण्डका अध्यक्ष पाण्डेले पुनः व्यक्तिगत ४० हजार रुपैंया बालगृहका लागि थपि दिए।

कार्यक्रममा बालगृहकी बालिका आरती शान्तीले राजेश हमाल सहयोगका लागि दोहोर्याएर आएको देख्दा आफू लगायत आश्रीत बालबालिका हर्षित भएको बताईन्।

प्रकाशित: २१ आश्विन २०७५ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App