१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मुरेको गोलमा ब्राइटन विजयी

लन्डन – ग्लेन मुरेले टोलीका लागि ९९औं गोल गर्दा शुक्रबार इङ्लिस प्रिमियर लिगमा ब्राइटनले वेस्टह्याम युनाइटेडमाथि १–० को जित हात पार्दै अंकतालिकाको १२औं स्थानमा उक्लिएको छ। 

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा ग्लेन मुरेले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । लिगमा ८ खेल खेलेको ब्राइटनले २ मा जित निकाल्न सफल हुँदा २ मा पराजित भएको छ भने चार खेल बराबरी खेलेको छ । १५औं स्थानमा रहेको ब्राइटनले शुक्रबार जित निकाल्दा तीन स्थान सुधार गरेको हो। 

‘स्पष्ट जित हाम्रा लागि निकै महत्वपूर्ण छ,’ ब्राइटनका प्रशिक्षक क्रिस ह्युगटनले भने, ‘हामीले वेस्ट ह्यामविरुद्ध राम्रो खेल देखाउन सक्यौं । उनीहरूले पछिल्लो सिजन धेरै गोल गरेका थिए । हामीले उनीहरूलाई रोक्दै जित निकाल्न सफल भयौं । स्पष्ट जितले हामीलाई हौसला प्रदान गरेको छ।’

तर पराजित वेस्ट ह्याम युनाइटेडका प्रशिक्षक म्यानुयल पेलिग्रिनीले आफ्नो टोलीले दोस्रो हाफमा गरेको प्रदर्शनप्रति असन्तुष्टि जनाए । पाएका मौकालाई सदुपयोग गर्न नसक्दा उनी असन्तुष्ट रहेका हुन्। 

‘हामीले वेस्ट ह्यामविरुद्ध राम्रो खेल देखाउन सक्यौं । उनीहरूले पछिल्लो सिजन धेरै गोल गरेका थिए । हामीले उनीहरूलाई रोक्दै जित निकाल्न सफल भयौं । स्पष्ट जितले हामीलाई हौसला प्रदान गरेको छ।’

‘हामीले दोस्रो हाफमा खेलेको खेल पहिलो हाफमा पनि खेल्न सक्नुपथ्र्यो । दोस्रो हाफको खेल निकै प्रेरणायोग्य थियो,’ प्रशिक्षक पेलिग्रिनीले भने, ‘हामीले १–० को स्थितिमा खेल गुमायौं । दोस्रो हाफमा उत्कृष्ट खेलेको हाम्रो टोलीले तीन सुन्दर मौकालाई सदुपयोग गर्न सकेन, टोलीको हारबाट भन्दा पनि प्रदर्शनमा म असन्तुष्ट बनेँ।’

२५औं मिनेटमा मुरेले गोल गर्दा बेराम कायलले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा वेस्ट ह्यामले राम्रो प्रदर्शन गरे पनि हारलाई टार्न सकेन । दोस्रो हाफमा एन्डरसनले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक बल क्रसबारमा लागेको थियो। उता मुरेले एक सयौं गोल पुर्याउने प्रयास गर्दा उनको हेडबल गोलपोस्टभन्दा नजिकैबाट बाहिरिएको थियो । पराजित वेस्ट ह्याम तालिकाको १५औं स्थानमा पुगेको छ । ८ खेलबाट ७ अंक जोडेको वेस्ट ह्याम ५ खेलमा पराजित भएको छ भने १ खेल बराबरी र २ खेलमा जित निकालेको छ। 

यस्तै ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा एइबरले जिरोनालाई ३–२ ले पराजित गरी तीन अंक खोस्न सफल भएको छ । २–२ को बराबरी स्थितिलाई ७२औं मिनेटमा सेर्गी इनरिचले गोल गर्दै महत्वपूर्ण तीन अंक दिलाएका हुन्। 
यसअघि जिरोनाको घरेलु मैदानमा भएको खेलमा १२औं मिनेटमा पाहुना टोली एइबरले पेनाल्टी गोलबाट अग्रता लिएको थियो।

एइबरका स्ट्राइकर इस्टाडी मोन्टिलिभीलाई जिरोनाका रक्षकले धकेलेपछि रेफ्रीले सोझै पेनाल्टी दिएका थिए । तर पहिलो हाफ सकिन पाँच मिनेट रहँदा जिरोनाका क्रिस्टियन स्टुवानीले पेड्रोको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसको दुई मिनेटपछि नै स्टुवानीले दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता उल्टाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अनैटज अर्बिलाले गोल गर्दै एइबरलाई २–२ को स्थितिमा ल्याएका थिए।

जितपछि १०औं स्थान रहेको एइबरको ८ खेलबाट १० अंक भएको छ भने पराजित जिरोना ८ खेलबाट ९ अंक जोड्दै तालिकाको १३औं स्थानमा छ। यसअघि शुक्रबार सम्पन्न अर्को खेलमा रियाल सोसिडाडले  एथलेटिक विलवाओको घरेलु मैदानमा ३–१ को जित निकाल्दै अंक खोस्न सफल भएको छ। 

ला लिगामा आठौं जित दर्ता गर्ने क्रममा रियाल सोसिडाडले खेलको ३०औं मिनेटमा मिकेल ओयारजाबलको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै एथलेटिक विलबाओका इकर मुनियनले गोल गर्दै खेल बराबरीमा ल्याउँदा पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । ४७औं  मिनेटमा रियाल सोसिडाडका इगोर जुविल्दा एल्जोराको पासलाई सदुपयोग गर्दै लुका साङ्गाली फुइनेट्सले टोलीलाई फेरि अग्रता दिलाएका थिए । खेलको ७४आैं मिनेटमा रियाल सोसिडाडले पेनाल्टीको अवसर पाएको थियो । मिकेल ओयारजब्लाले उक्त अवसरलाई सहजै सदुपयोग गर्दा पाहुना टोलीले ३–१ को अग्रता लिन सफल भएको थियो । बाँकी सयममा गोल फर्काउन  प्रयासरत घरेलु टोली विलबाओले सुन्दर मौका सिर्जना गरे पनि गोल गर्न सकेन। 

जितपछि रियाल सोसिडाड लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ । सोसिडाडले ८ खेलबाट ११ जोड्न सफल भएको छ । उता पराजित विलबाओ भने तालिकाको १७औं स्थानमा यथावत्  छ । सात खेल खेलेको विलबाओले जारी लिगमा एक खेल जितेको छ भने चारमा बराबरी खेल्दै अंक बाँड्दा २ मा पराजित भएको छ। 

प्रकाशित: २१ आश्विन २०७५ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App