१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महिलामा आङ खस्ने समस्याको प्रमुख कारण बालविवाह

डोल्पा – डोल्पाका महिलाहरूमा आङ खस्ने समस्याको प्रमुख कारण बालविवाहा भएको एक कार्यक्रमका सहभागिले बताएका छन्।

डोल्पामा २६ प्रतिशत भन्दा बढी महिलामा आङ खस्ने समस्या भएको र यसको प्रमुख कारणमा बालविवाहा भएको महिला अधिकारको क्षेत्रमा कार्यरत संस्थाले जनाएको छ।

केड नेपाल डोल्पाले गरेको सर्वेक्षण अनुसार काइके गाउँपालिका चारमा १९, ठुलीभेरी नगरपालिका आठ जुफालमा ९, त्रिपुरासुन्दरी नगरपालिका तीन सुँमा ८ र वडा नम्बर छ फुल्चिङ्ग गाउँमा ८ जना महिला गरेर ३८ जना आङ खस्ने समस्याले ग्रस्त महिलाहरू पाइएको र त्यसको कारण बालविवाहा भएको संस्थाले जनाएको छ।

सर्वेक्षणमा संलग्न महिला सशक्तिकरण केन्द्र डोल्पाका अनुसार सर्वेक्षणको क्रममा पाइएका आङ खस्ने महिलाहरूको संख्या २६ प्रतिशत भएको र सानै उमेरमा विवाहा गरी १३ देखि १८ कै उमेरमा बच्चा जन्माउने महिलामा भने ७५ प्रतिशत आङ खस्ने समस्या धेरै रहेको महिला सशक्तिकरण डोल्पाकी अध्यक्ष उर्मिला बिश्वकर्माले बताइन्।

प्रकाशित: १९ आश्विन २०७५ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App