१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सबैभन्दा ठुलो भ्रष्टाचार नीति निर्माणकर्तामा : मुख्यमन्त्री पौडेल

फाइल तस्बिर

मकवानपुर - तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सबैभन्दा ठुलो भ्रष्टाचार नीति निर्माणकर्तामा रहेको आरोप लगाएका छन्। भ्रष्टाचार निवारण सम्बन्धमा बिहीवार हेटौंडामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले नीति निर्माण गर्नेहरुले भ्रष्टाचार गर्ने प्वाल (दुलो) राखेर मात्र कानून बनाउने गरेको दाबी गरे। ठेकेदारले ४०–५० प्रतिशत कममा काम गर्ने गरेकोमा पनि उनले डिजाईन गर्दा नै तीन सय प्रतिशतमा स्टेमेट गरिने भएकाले धेरै कममा ठेक्का पार्ने गरेको जिकिर गरे। ‘डिजाईन गर्ने प्राविधिकले विकास योजनाको प्रचलित रेट भन्दा तीन सय प्रतिशतसम्म बढी स्टेमेट गर्ने गरेको छ,’ उनले भने, ‘ठेकेदारलाई कम रकममा ठेक्का पारे पनि प्रशस्त मार्जिन दिएको छ, त्यहीँबाट भ्रष्टाचार गर्छ।’

भ्रष्ट्राचारकाे जालो चौतर्फी फैलिएर जर्जर रहेको भन्दै उनले सामाग्री खरिद गर्दा सरकारी कार्यालयको बिल २०–३० प्रतिशत थपेर बनाउने गरेको समेत बताए। सके प्रदेशलाई भ्रष्टाचार मुक्त बनाउने नसके न्यूनिकरण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए। भ्रष्टाचार न्यूनिकरण गर्न सबै व्यक्ति, निकायको भुमिका महत्वपूर्ण रहेको भन्दै उनले पत्रकारले समेत भ्रष्टाचार न्युनिकरणका लागि आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताए। भ्रष्टाचार निर्मुल पार्ने अभियान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाटै गरिने भन्दै उनले सबै क्षेत्रमा भ्रष्टाचार बिरुद्धको अभियान शुरु गरिने बताए। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले भ्रष्टाचारबाट नेपाली बदनाम भएको भन्दै भ्रष्टाचार अन्त्य गर्न प्रदेश सरकार पारदर्शी, जिम्मेवार रहेको बताए। 

प्रकाशित: १८ आश्विन २०७५ १४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App