२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

ट्यालेन्ट हन्टमा आलोक उत्कृष्ट

काठमाडौं – बालबालिकाहरूको प्रतिभा प्रस्तुतिका लागि काठमाडौंको सिभिल मल बाल संसारले आयोजना गरेको ‘सेन्टर बाल संसार ट्यालेन्ट हन्ट नेपाल’अन्तर्गत नृत्य प्रतियोगितामा भ्याली भ्यु स्कुल नयाँवानेश्वरका आलोक बोहरा उत्कृष्ट भएका छन् । उनले ३ सय ५० भन्दा बढी बालबालिकालाई पछि पार्दै ५० हजार रुपैयाँ जितेका छन् । 

प्रतियोगितामा नृत्यबाट रोहित थापामगर र सफल बस्नेत ‘फस्ट रनर अप’ बन्दै जनही १५ हजार रुपैयाँ जिते । यस्तै ‘नृत्य’बाट रिव्या तण्डुकार र ‘गायन’बाट विविध प्याकुरेल ‘सेकेन्ड रनरअप’ भए । उनीहरूले जनही १० हजार रुपैयाँ र विभिन्न उपहार पाए । 

नृत्य, अभिनय र गायन विधामा प्रतियोगीहरूबीच भएको प्रतिष्पर्धामा फाइनल राउन्डको लागि ४० बालबालिका छानिएका थिए । प्रतियोगितामा काठमाडौंका ३२ स्कुलका बालबालिकाले भाग लिएका थिए । 

प्रतियोगिताको निर्णायकमा गायनबाट आनन्द कार्की, प्राश्ना शाक्य, अमर तण्डुकार, नृत्यबाट नरेशवीर सिं, माइकल चन्द थिए । प्रतियोगिताको व्यवस्थापन इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले गरेको थियो ।

 

प्रकाशित: १७ आश्विन २०७५ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App