१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खल्तीका योजना अन्त्य गर्छौ : मुख्यमन्त्री पौडेल

फाइल तस्विर

मकवानपुर - तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खल्तीबाट योजना राखेर गरिने बिकासबाट गन्तव्यमा नपुगिने भन्दै त्यसको अन्त्य गरिने बताएका छन्। आइतवार हेटौंडामा आयोजित प्रदेशको आवधिक विकास योजनाको आधारपत्र तर्जुमा सम्बन्धी दुई दिने सोच कार्यशालाको उद्घाटन गर्दै उनले व्यक्तिगत ईच्छाको विकास निर्माणले समृद्धी हासिल नहुने जिकिर गरे।

‘योजनाको सबैभन्दा मूल पाटो भनेको हामीले सोचेको, कल्पना गरेको नेपाल र प्रदेश कस्तो हुने हो,’ उनले थपे, ‘हामी के गर्न चहान्छौ भन्ने कुराको निक्र्यौल निकालेर आगामी योजना सञ्चालन हुनेछन्।’ २०१३ सालमै राष्ट्रिय योजना आयोग गठन भएपनि योजनाबद्ध ढंगले विकास नभएको भन्दै उनले माथि (सरकार) देखि तल (स्थानीय तह) सम्म खल्तीको योजनाले प्राथमिकता पाएकोमा असन्तुष्टी जनाए। प्रदेश सरकारले पाँच वटा क्षेत्रलाई प्राथमिकतामा राखेर पाँच बर्षे आवधिक योजना बनाउने तयारीमा रहेको भन्दै उनले योजनाले समग्र प्रदेशको विकासको खाका तयार हुने बताए। आवधिक योजनालाई सर्वसहमत रुपमा पारित गरेर प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले बताए। ‘आधारपत्र तयार भएको छ, त्यसको प्रस्तुती हुन्छ, साझा सहमतीको आधारमा निकर्षमा पुग्छौ।'

प्रदेश सरकारले २०–२५ बर्षे गुरु योजना र योजना बैंक बनाउने योजना रहेको पनि मुख्यमन्त्री पौडेलले खुलासा गरे । ‘हामीले कहिल्यै दीर्घकालिन सोच राखेनौ, क्षणिक सोच र असाध्यै छोटो समयको विकास गरिरहेका छौ,’ उनले भने, ‘खल्तीको होईन, अब योजना बैंकबाटै हरेक बर्ष योजना निकालेर विकास गर्नेछौं।’ देश र प्रदेशको विकासका लागि गुरु योजना र योजना बैंक नभई नहुने आधारभुत कुरा भएकोमा उनले जोड दिए।

प्रकाशित: १४ आश्विन २०७५ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App