१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

माटोको ढिस्काेले पुरिएर महिलाको मृत्यु, तीन घाइते

खोटाङको चिप्रिङमा घर पोत्ने माटो खन्दै स्थानीय बालबालिका ।

म्याग्दी– रातो माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। घर नजिक रहेको माटो लिन गएकी बेनी नगरपालिका–२ ज्यामरुककोट फाँपरखेतकी ३५ बर्षिया कल्पना बोहोराको उपचारको क्रममा अञ्चल अस्पताल बागलुङमा ज्यान गएको हो।

माटाको ढिस्कोले पुरिएर तीनजना घाइते भएका छन्। घाइते हुनेमा बेनपा–२ की ५० बर्षिया टेक कुमारी घिमिरे, २३ बर्षिया सृजना थापा र छिमेकी जिल्ला बागलुङ नगरपालिका–५ मालिकाकी निशा सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्र बहादुर घिमिरेले बताए। उनका अनुसार घाइते मध्ये बानपा–५ मालिकाकी सापकोटालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने दुईजनाको अञ्चल अस्पतालमै उपचार भइरहेको छ।

म्याग्दीको सदरमुकाम बेनीभन्दा उद्धारमा बागलुङ लैजान सहज हुने भएकाले पनि स्थानीयले तत्कालै सवारीसाधनको ब्यवस्था गरेर लगेका थिए। गाउँनजिक रहेको सिँचाईको कुलो आसपासमा माटो निकाल्ने क्रममा शुक्रबार दिउँसो एक्कासी ढिस्को खसेपछि स्थानीयले उद्धार गरेका थिए। 

‘ढिस्कोमा पुरिएको खवर पाएलगत्तै गाउँलेले उद्धार गरेका थिए,‘जोखिमपूर्ण ठाउँ भएकाले हिजोमात्रै माटो निकाल्न रोक लगाइएको थियो’ पौडेलले भने। उनका अनुसार घटनास्थलमा फाँपर खेतबासीले ढिस्कोबाट बाहिर निकालेका थिए। ग्रामिण सडक र नजिकै सिचाँई भएकाले माटो खन्दा पहिरो जान सक्ने भएकाले पनि बन्द गरिएको थियो। ‘जोखिमपूर्ण भएपनि माटो निकाल्ने क्रम रोकिएको छैन, तत्कालै उद्धार गरिएकाले उद्दारमा सहज भयो’, उद्धारमा खटिएका चन्द्र बहादुर सापकोटाले भने। उनका अनुसार उद्दारमा १ मिनेट पनि ढिलाई भएको भए धेरैको घटनास्थलमै ज्यान जाने थियो। घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ। 

यसैबीच जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोली घटनास्थलमा पुगेको छ। यसैबीच स्थानीयले थप दुर्घटनाको सम्भावना भएका ठाउँमा माटो निकाल्न रोक लगाएपनि लुकिछिपी निकाल्ने गरेका छन्। चाडपर्वमा ज्यामरुककोट र रत्नेचौरमा रातो माटाको खोजीमा जिल्लाका विभिन्न ठाउँबाट समेत जान गर्दछन्। पछिल्लो समय गाउँघरमै पक्की घर बन्न थालेपछि संख्या ह्वात्तै घटेपनि स्थानीयले कच्ची र पुराना घर भएकाले अझैपनि जोखिम मोलेर माटो निकाल्ने गरेका छन्। 

प्रकाशित: १२ आश्विन २०७५ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App