२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शान्ति स्थापनामा नेपालको उपलब्धिको गुटरेसद्वारा प्रशंसा

तस्बिरः रासस

न्यूयोर्क–संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिपूर्ण सक्रमणमा नेपालले सशक्त प्रजातन्त्र स्थापना गर्नु उदाहरणीय भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपालको पुनःसंरचना तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रसघीय सहयोगको वचनबद्धता दोहो¥याएका थिए।

उक्त अवसरमा नेपाल तथा राष्ट्र संघबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल भएको राष्ट्र सघंका लागि नेपाली स्थायी नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

द्विपक्षीय भेटमा शान्ति स्थापना गर्ने अभियान र त्यसमा नेपालको भूमिका विस्तार गर्ने विषयमा पनि छलफल भएको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री ओलीले नेपालको विकासमा राष्ट्र सघको सहयोगप्रति कृतज्ञता जनाएका थिए।(रासस)

 

प्रकाशित: १२ आश्विन २०७५ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App