१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रोनाल्डोलार्इ एक खेलकाे प्रतिबन्ध

नियोन – युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पूर्वक्लब म्यानचेस्टर युनाइटेडविरुद्ध च्याम्पियन्स लिगको खेलमा ओल्ड ट्राफोर्डमा खेल्न पाउने भएका छन्। 

च्याम्पियन्स लिगअन्तर्गत भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्डको दर्शन गरेका रोनाल्डोलाई युइएफएको अनुशासन समितिले एक खेलको प्रतिबन्ध सुनाएको हो । २४ अक्टोबरमा युनाइटेडविरुद्ध हुने खेलमा उनी युभेन्ट्सबाट खेल्नेछन् भने योङ ब्वाइजविरुद्ध आउँदो मंगलबार हुने खेल गुमाउनेछन्।

भ्यालेन्सियाविरुद्धको खेलमा रोनाल्डोले विपक्षी रक्षक जेइसन मुरिलोको कपाल तानेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए । ७० मिनेट १० खेलाडीमा सीमित बनेको युभेन्ट्सले उक्त खेलमा २–० को जित हात पारेको थियो । च्याम्पियन्स लिगको १५वर्षे इतिहासमा रातो कार्डको सामना गर्दै रोनाल्डो पहिलो पटक मैदानबाट बाहिरिएका हुन्। 

 

प्रकाशित: १२ आश्विन २०७५ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App