१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मधेसका कर्मशील महिलालाई महासंघको साथ

वीरगन्ज– विभिन्न सीप र व्यवसायमार्फत उद्यमशीलतामा लागेका महिलाहरुले सहयोगी हात पाएका छन्। महिला उद्यमी महासंघले सीप र ब्यवसायमार्फत उद्यमशीलतामा लागेका महिलाहरुसंग हातेमालो सुरु गरेको छ। महासंघको जिल्ला संघ ‘च्यापटर’ले यसै सिलसिलामा बुधवार वीरगन्जमा महिला उद्यमीहरुसंग छलफल गरेको छ। 

महासंघकी उपाध्यक्ष तथा जिल्ला ‘च्याप्टर’ संयोजक शोभा ज्ञवालीले महासंघ आबद्ध ३२ औं जिल्लाको रुपमा पर्सालाई सामेल गर्दै स्थानीय महिला उद्यमीहरुसंग बैठक राखेर आफूले गर्नसक्ने सहयोग र सहकार्यबारे जानकारी गराएकी छिन्। ‘हामीलाई धेरै नै खुसी लागेको छ, बिभिन्न पृष्ठभुमीका महिला उद्यमी यहाँ हुनुहुँदो रहेछ’, ज्ञवालीले भनिन्, ‘आज छलफलमा आउनु भएको महिलाहरुमा कोही जुत्ता बनाउने, कोही कपडा सिउने र कोही व्यवसाय गर्ने रहेछन्, यहाँका महिलाहरुमा रहेको सीप र व्यवसायलाई अलिकति आकार दिन सके राम्रो सम्भावना दिन सक्ने देखेकी छुँ।’

महिलाहरु आर्थिक रुपमा सबल भए समाज नै सबल हुने बताउँदै उनले यसको लागि महिलाहरुसंग भएको सीप र उद्यमशीलतालाई प्रविधी, बजार र ऋणजस्ता वित्तीय आधारहरु आवश्यक हुने आफूहरुको अध्ययन रहेको जानकारी गराइन्। महिलाहरुले गर्ने उत्पादनको बजार प्रबर्द्धनका लागि उनीहरुलाई तरिका प्रदान गर्ने, ऋणको लागि पहुँच स्थापित गराई दिने, बर्षेनी आयोजन हुने प्रदर्शनीमा उनीहरुको उत्पादनको लागि ‘स्टल’ उपलब्ध गराई दिने र त्यहाँ राखिने समानलाई कसरी प्रदर्शन गर्ने भन्ने जानकारी दिने जस्ता काममा सहयोग गर्ने महासंघले जनाएको छ। 

‘मधेसका महिलाहरुको आर्थिक आत्मनिर्भरताका लागि उद्यामशीलता जरुरी छ र त्यसमा सहयोगको कुरा उहाँहरुले गर्नु भएको छ’, बैठकमा सहभागी समाजिक कार्यकर्ता रामाकान्त पटेलले भने, ‘यसलाई धेरै साकारात्मक कदम भन्न सकिन्छ।’ महिला उद्यमी संघ पर्साकी अध्यक्ष चन्चला दासले आफूहरु निकै उत्साहित भएको बताइन्। महासंघबाट आएको टोलीमा कार्यकारी सदस्यहरु लक्ष्मी खनाल, बसन्ती प्रधान र कार्यक्रम अधिकृत कोपिला डँगोल रहेका थिए। महासंघसंग जिल्लालाई जोड्न अहिले यो टोली सक्रिय छ। 

प्रकाशित: १० आश्विन २०७५ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App